काठमाडौं । नियोको नयाँ ब्राण्ड फायर फ्लाईमा आउने पहिलो ह्याचव्याक कारमा ४२.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । कम्पनीले यसमा सनवाडाले बनाएको एलएफपी ब्याट्री दिएको हो ।
कम्पनीले यसमा प्रयोग गरेको ब्याट्रीले ४२० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । सीएलटीसीका अनुसार यसले १०० किलोमिटर यात्रा गर्न १० किलोवाट आवर ब्याट्री भए पुग्छ । तर, वास्तविक सडकमा यसले ३०० किलोमिटर आसपास मात्रै रेन्ज दिने अनुमान गर्न सकिन्छ ।
ब्याट्री स्वापिङ टेक्नोलोजीमा आधारित रहने फायर फ्लाई मोडल सम्बन्धी जानकारी चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले दिएको हो ।
विश्व अटोमोवाइल बजारमा बीएमडब्लू मिनी र मर्सिडिज बेन्ज स्मार्टसँगै प्रतिस्पर्धा गर्न नियोले फायर फ्लाई बजारमा ल्याउन लागेको हो । कम्पनीले डिसेम्बरमा यसको प्रि-सेल्स सुरु गरेको थियो । त्यतिबेला यसको मूल्य २० हजार ४९० डलर तोकिएको थियो ।
नियो फायर फ्लाई ह्याचव्याक कारको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम छ । यसमा २६१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
नेपाली बजारमा पारामाउन्ट मोटर्सले ल्याउने नियोमा अहिले १०५ किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । नयाँ ह्याचव्याक कारको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहनेछ ।

