काठमाडौं । चितवनमा एलईभीको दुई दिने टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना हुने भएको छ ।
एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले फागुन ९ र १० गते दुई दिने टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।
चितवन गार्डेन रिसोर्टमा संचालन हुने उक्त क्याम्पमा एलएस अटोको एल ईभी ०१ को टेस्ट ड्राइभ अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।
एल ईभी ०१ एलएस अटोको पहिलो मोडलको क्रसओभर इलेक्ट्रीक एसयूभी हो । हाल नेपालमा पनि यसको बिक्री भइरहेको छ । स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ईभीले एकपटकको फुलचार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

यो ईभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
प्योर इलेक्टीक प्ल्याटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्रीप्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्रीप्याक र ग्राउण्ड बीचको दूरी २२१ एमएमको रहेको छ । यसको ड्रयाग कोफिसियन्ट इलेक्ट्रीक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ ।
प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने रियरमा सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ ।

लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर रहेको छ ।

सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, ईबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ ।
एलएस अटोले यही वर्ष (सन् २०२५) भित्र थप दुई मोडलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू एलएचडी र आरएचडी दुवै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउनेछन् । एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्टीक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो ।

