टोयोटा इनोभामा ५९ किलोवाट आवरको ब्याट्री

काठमाडौं । टोयोटाले आफ्नो चर्चित एमपीभी इनोभालाई इलेक्ट्रीकमा देखाएको छ । कम्पनीले ५९.३ किलोवाट आवरको ब्याट्री दिएर इनोभाको इलेक्ट्रीक भर्सन देखाएको हो ।

कम्पनीले इन्डोनेशिया इन्टरनेशनल मोटर शो २०२५ मा इनोभा इलेक्ट्रीक प्रदर्शनी गरेको हो । क्लोजअप ग्रिल, स्पोर्टी हेडल्याम्प, एलइडी डिएलआर र नयाँ डिजाइनको बम्परसहित इलेक्ट्रीक इनोभा निकै स्मार्ट देखिएको छ ।

मल्टी कलर ग्राफिक्समा देखाइएको इनोभा इलेक्ट्रीकमा १६ इन्चको अलोय ह्वील, फराकिलो क्याविन, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर दिइएको छ । आधुनिक सुरक्षा फिचर दिएर टोयोटाले ल्यायएको इनोभामा १३४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।


Back_to_top