पल्सर एन सिरजकै सानो मोटरसाइल नेपाल आउने

काठमाडौं । बजाज पल्सर एन १२५ नेपाल आउने भएको छ । बजाज नेपालले पल्सर एन २५० को अपडेटेड भर्सन बिक्री थालेपछि एन १२५ नेपाल ल्याउने तयारी थालेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एन १२५ छिट्टै नेपाली बजारमा ल्याउने तयारी भइरहेको बताएको छ ।

बजाजले पल्सर एन १२५ नेपाल ल्याउने भएसँगै १२५ सीसी सेग्मेन्ट अझै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय हिरोले एक्स्ट्रिम १२५ ल्याएको थियो । टीभीएस रेडर १२५ यसअघिनै बिक्री हुँदै आएको छ ।

नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा होण्डा साइन १२५ सर्वाधिक बिक्री हुने मोटरसाइकल हो । पल्सर एन १२५ नेपाल आएसँगै स्पोर्टी कम्यूटर सेग्मेन्टमा बजाज, टीभीएस र हिरोबीच रोचक प्रतिस्पर्धा हेर्न पाइने छ ।

पल्सर एन १२५ मा १२४.५९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयु टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ । साथै, एन १२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । यसको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ ।

पल्सर एन १२५ मा एग्रेसीभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्ट्यान्ड आउट इलेमेन्ट्स र स्प्लीट सिट डिजाइनमा छ । एलइडी लाइट, जेड आकारको एलइडी डीआरएल, एलइडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ ।

चालकको सहजताको लागि मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्कृन दिइएको छ । उक्त स्कृनमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सुचनाहरु हेर्न सकिन्छ ।


Back_to_top