हिरो वर्ल्ड २०२० : एक्ट्रीम १६० आरले खुसी बनाएको मन र ‘ठग्स अफ अमर फोर्ट’ ले दिएको तनाव

काठमाडौं । मोटरसाइकल इन्थुजियाष्टको रुपमा दिल्ली अटो एक्स्पो २०२० बाट निराश भएर फर्केको ५ दिन लगत्तै भारतको पिंक सिटी भनेर चिनिने जयपुर जाने अवसर मिल्यो । यो मौका मिलाएको थियो हिरो मोटोकर्पले ।

भारतीय मोटरसाइकल निर्माता कम्पनी हिरो मोटोकर्पको निमन्त्रणामा थमसन नेपालले हाम्रो जयपुर यात्राको माहोल मिलाएको थियो । नेपालबाट हामी तिन जनामात्र थियौ । कारोवार दैनिकमा विपेन्द कार्की, दि हिमालयन टाइम्सका राजु उप्रेती र म ।

राजामान सिंहको सहर जयपुर आफैमा पर्यटकका लागि प्रमुख गन्तव्य हो । मेरालागि मोटरसाइकलको कार्यक्रममा जयपुर जाने अवसर मिल्नु सुनमा सुगन्ध थियो । दिल्ली अटो एक्स्पोमा दुई पाङ्ग्रेको नगन्य मात्रामा उपस्थिति थियो । हिरो मोटोकर्पको पनि उपस्थिति थिएन ।

दिल्लीकाे अटो एक्स्पो लगत्तै हिरोले कार्यक्रम आयोजना गर्ने भनेपछि केही नयाँ हुने बिस्वाश थियो । कार्यक्रमको पूर्ण जानकारी भने कार्यक्रम हुने दिनसम्म नै थिएन । कार्यक्रममा नेपाल, श्रीलंका, बंग्लादेश, पेरु, स्पेन, कोलम्बिया जस्ता देशका पत्रकारको सहभागिता थियो ।

एयरपोर्टबाट बाहिर निस्कन समय लाग्नुको कारण थियो पेरुबाट कार्यक्रममा सहभागि हुन आएकी एक जियोभाना नामकी पत्रकार एयरपोर्टमा मिसिङ थिइन् ।

१७ फेव्रुअरी बिहान १० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेको ‘आरए २०५’ को बिजनेश क्लासमा हामी तीनजना मात्र थियौ । तर, इकोनोमी क्लास भने पुरै भरिएको थियो । १ घन्टा २५ मिनेटको यात्रा एकदमै आरमदायि रह्यो । मेरो अनुभवमा नेपाल एरलाइन्सको यात्रा सधै सहज रहने गर्छ ।

५ दिनअघिको दिल्ली र त्यो दिनको दिल्लीमा धेरै फरक थियो । त्यसको मूख्य कारण तापक्रम थियो । दिल्लीको अधिकतम तापक्रम ३० डिग्री पुगिसकेको थियो । एयरपोर्टबाट बाहिर निस्कदा लगभग १ बजिसकेको थियो ।

एयरपोर्टबाट बाहिर निस्कन समय लाग्नुको कारण थियो पेरुबाट कार्यक्रममा सहभागि हुन आएकी एक जियोभाना नामकी पत्रकार एयरपोर्टमा मिसिङ थिइन् । मसँग मात्रै इन्डियन सिम थियो हाम्रो टोलीमा । थमसन नेपालका सर्वेन्द्र श्रेष्ठ र उता पाहुनाको व्यावस्थापनको जिम्मा लिएकी आस्थाले टेलिफोन गरेर सहयोग गर्न आग्रह गरेका थिए । भाषाका कारण उनी अल्मलिएकी रहिछन् । उनलाई भेटेर हामी बाहिर निस्कियौ । एयरपोर्ट बाहिर हाम्रालागि २ वटा क्याव तयारी अबस्थामा थिए ।

यात्रा थियो ‘दिल्ली टु जयपुर’

क्यावको यात्रा रमाइलो हुने निश्चित थियो । प्लेनको यात्रामा भन्दा सडक यात्रामा त्यो ठाउँको बिभिन्न परिभेषलाई नजिकबाट नियाल्ने अबसर मिल्छ । पर्यटकका लागि भनेर परिमार्जन गरेर तयार पारेको टोयोटा इनोभामा हामी नेपाली टोली थियौ । अर्को क्यावमा थिइन पेरुकी जियेभाना । फराकिला सडक ठुलाठुला विल्डिङलाई पछि छाड्दै अघि बढियो ।

स्टेजमा तीनवटा मोटरसाइकल छोपेर राखिएको थियो भने चौरमा एउटा मोटरासइकल रातो पर्दाले ढाकेर राखिएको थियो ।

जयपुर जाने बाटोमा एउटा पपुलर रेस्टुरा छ त्याहाँ खान नभुल्नु अफिसका एकजना दाइले सल्लाहा दिएका थिए । मेरै अनुरोधमा सबै जना त्याहाँ खाना खानका लागि तयार भयौ । दिल्लीबाट निस्किएको १ घन्टा ३० मिनेट जस्तोमा पुगियो ‘चुक ना जाना किङका खाना’ फुड कोटमा । बाटैभरि होडिङ बोर्ड देखिन्थ्यो यो रेस्टुराको । त्याहाँ खाजा खाएर सिधै पुगियो जेडब्ल्यू मेरियट जयपुर ।

बल्ल त्यहाँ पुगेपछि थाहा भयो कार्यक्रमको नाम ‘हिरो वल्ड २०२०’ । हिरो मोटोकर्पले आफ्ना सबै पाहुनाका लागि एक-एक भिल्ला उपलब्ध थियो मेरियटमा । राजस्थानको जेडब्ल्यू मेरियट हेरेपछि होटलको रुमबाट भ्यू राम्रो हुनुपर्छ भन्ने भ्रम लगुताभाष भयो ।

सुख्खा पहाडको आडैमा निर्माण गरिएको होटलको तारिफ गर्नै पर्छ । होटलमा मिठाइले स्वागत गर्दै प्रोगाम आइटिनरी समेत आइपुग्यो । १८ फेब्रुअरीमा हिरोको ग्लोवल सेन्टर अफ इनोभेसन एण्ड टेक्नोलोजिमा टेष्ट राइड, प्रडक्ट सार्वजनिक गर्ने कार्यक्रम तथा ल्याव भ्रमण गर्ने कार्यक्रम रहेछ ।

हिरो एक्ट्रीम १६० को चर्चा त्यही गुन्जिन थाल्यो । सबै मिडियाहरु १६० कै भिडियो तथा फोटो खिच्न तँछाड मछाड गर्दै थिए ।

१८ फेब्रुअरीमा हिरो सीआइटीमा ११ बजे प्रेस मिट आयोजना गरिएको थियो । के सार्वजनिक हुँदैछ भन्ने एकिन थिएन । १०ः३० मा सीआइटी पुग्दा भारतीय मिडियाको भिड लागिसेको थियो । आर्कषक बनाएर सजाइएको थियो कार्यक्रम स्थल । ठुलो चौरमा हुँदै थियो कार्यक्रम । स्टेजमा तीनवटा मोटरसाइकल छोपेर राखिएको थियो भने चौरमा एउटा मोटरासइकल रातो पर्दाले ढाकेर राखिएको थियो ।

चौरमा रहेको मोटरसाइकल भने हिरो एक्सपल्स रहेको अनुमान गर्न सकिन्थो । उक्त कार्यक्रममा हिरोले ३ नयाँ उत्पदनलाई सार्वजनिक गर्यो । हिरो ग्ल्यामर १२५ प्यासन प्रो र अल न्यू हिरो एक्ट्रीम १६० । केही बेरमा औपचारिक कार्यक्रम सकियो । अनि मिडियाले हिरो एक्ट्रीम १६० लाई घेरे ।

हिरो एक्ट्रीम १६० को चर्चा त्यही गुन्जिन थाल्यो । सबै मिडियाहरु १६० कै भिडियो तथा फोटो खिच्न तँछाड मछाड गर्दै थिए । मैले पनि तुरुन्तै रिर्पोटिङ गरेर छिटो समाचार प्रकाशन गर्न भने । यसको एकमात्र कारण थियो यो मोटरसाइकलले हिरोलाई एक स्थान माथि लग्नेछ । पाठकहरुले समेत १६० को समाचारलाई रुचाएका छन् । मोटरसाइकललाई कत्तिको रुचाउँछन् त्यो हेर्न भने मार्चसम्म कुर्नु पर्ने हुन्छ ।

हिरो भारतीय बजारमा त लोकप्रिय तथा नम्बर १ छदैछ । नेपाली बजारमा समेत हिरो एक्सपल्सले राम्रो व्यापार गरिरहेको छ । एक्ट्रीम १६० आर नेपाली बजारमा ढिलोमा नाडा अटो शोमा सार्वजनिक हुने अनुमान गरिएको छ । यो मोटसाइकलको आगमनले हिरोले नेपाली बजारमा राम्रो पुनरागमन गर्न सक्नेछ । कम्पनीले साच्चैनै एक्ट्रीम १६० लाई आर्कषक रुपमा निर्माण गरेको छ । यसको लुक्स तथा पावरले युवा वर्गको ध्यान खिच्न सफल हुनेछ ।

यो सँगै हिरोले आफ्रनो प्रिमियम मोटरसाइकल एक्सपल्सका लागि र्याली किट समेत सार्वजनिक गर्यो । ३८ हजार भारतीय रुपैयाँमा एक्सपल्सको र्याली किट सार्वजनिक गरेको हो । र्याली किट प्रयोग गरिएका मोटरसाइकल आर्कषक देखिएको छ । नेपाली बजारमा यसको भविष्य बारे केही भन्न सकिने अबस्था भने छैन् । किनकी नेपालमा मोटरसाइकल मोडिफाई गरेर चलाउन यातायात ऐनले नै बर्जित गरेको छ ।

साँच्चै नै एउटा मोटरसाइकल निर्माण भएर डिलरमा पुग्नुभन्दा पहिला लामो प्रकियाको टेष्ट हरेक मोटरसाइकलमा हुने रहेछ ।

हिरोको प्रेस मिट पश्चात विभिन्न कार्यक्रमहरु थियो । जसमा अफरोड टेष्ट राइड, अनरोड टेष्ट राइड तथा ल्याव भिजिटको गर्नु थियो । यो भ्रमण हिरोको मोटरसाइकलको डिजाइन तथा टेष्ट कसरी हुन्छ भनेर प्रत्यक्ष हेर्ने मौका मिल्यो । हिरो मोटरसाइकलको भाइब्रेशन, साउन्ड, इन्ड्योरेन्स, क्र्यास टेष्ट जस्ता विभिन्न प्रोसेसको प्रत्यक्ष अवलोकन गरियो । साँच्चै नै एउटा मोटरसाइकल निर्माण भएर डिलरमा पुग्नुभन्दा पहिला लामो प्रकियाको टेष्ट हरेक मोटरसाइकलमा हुने रहेछ ।

ठग्स अफ अमर फोर्टहरु । यसो भन्नुमा कारण छ । जबरजस्ती फोटो खिचिदिने अनि फाटो लिनै पर्छ भन्ने । खास गरि केटीहरुलाई जबरस्तीनै गर्ने रहेछन् । हात समायर कुटौला झै गर्ने ।

यस पश्चात् हिरो मोटोकर्पका अफिसियलसँगको अन्र्तक्रिया कार्यक्रम सकेर होटल फर्कियौ ।

अर्को दिनको भ्रमणको तयारी गरियो । अर्को दिनको यात्रा थियो पिकं सिटी र अमर फोर्टको । पिंक सिटी जस्तो सुनेको थिए तेस्तै पाए । अमर फोर्टको कथा अलग छ । हाम्रो अमर फोर्टको यात्राको लागि हात्ति तयार थिए । हात्ति चढियो । हात्ति चढेदेखि फोटो खिचिदिने र मन परे किन्ने नत्र किन्नु पर्दैन भन्दै बाटो भरि फोटो खिचिदिनेको ताति लाग्ने रहेछ । अझ गोराहरु त देख्नै नहुने । सामान हात्तिमै फालिदिने र किन्न फोर्स गर्ने ।

१० मिनेटको हात्ति राइडमा अमर फोर्ट पुगियो । हाम्रा फोटा धुलाएर उहि पुगिसकेका रैछन् । ठग्स अफ अमर फोर्टहरु । यसो भन्नुमा कारण छ । जबरजस्ती फोटो खिचिदिने अनि फाटो लिनै पर्छ भन्ने । खास गरि केटीहरुलाई जबरस्तीनै गर्ने रहेछन् । हात समायर कुटौला झै गर्ने । पेरुको ती जियाभाना नाम गरेकी पत्रकारले डराएर नै फोटो खरिद गरिन ५ सय भारु तिरेर । अमर फोर्टको विभिन्न कहानी सुन्दै फोटो खिच्दै जिप चढेर तल आइयो । तल अघिनै एक ठग्स अफ अमर फोर्ट कोलम्वियाकी पत्रकारको पिछा गरिरेका थियो फोटो बेच्नका लागी । त्यहाँबाट एक टेक्सटाइल उद्योग हेरेर होटल फकियौं ।

साँझ पख लोकल बजारमा सपिङ गरेर डिनरका लागि चोकी ढानी लागियो । राजस्थानी टिपिकल कार्यक्रमदेखि राजस्थानी खानाका परिकार चाख्दै होटल फर्किएर भोलि पल्टको ताजमहल यात्रालाई थाति राखेर दिल्लीका लागि निस्कियौ । बेलुका ७ बजेको फ्लाइटमा काठमाडौं आइपुगियो ।


Back_to_top