सबैभन्दा सस्तो यो मोटरसाइकलमा गरियो परिमार्जन

काठमाडौं । अहिले नेपालमा १ लाख ७८ हजार मूल्य रहेको हिरो ‘एचएफ डिलक्स’ भारतमा धेरै मोडिफाइ हुने मोटरसाइकलमा पर्छ । कम मूल्य र सानो इन्जिन प्रयोग भएको यो मोटरसाइकललाई निकै आक्रमक डिजाइन दिएर मोडिफाइ गर्ने गरेको पाइन्छ ।

नेपालमा कानुनले निषेध गरेको भएपनि भारतमा यस्ता मोडिफाइ गर्ने व्यवसाय संचालनमा रहेका छन् । ती मोडिफाइ हाउसहरुले एचएफ डिलक्समा गरेको मोडिफाइ अहिले चर्चामा रहेको छ । मोडिफाइ गर्ने कम्पनीले यसको पुरै शोरुप परिवर्तन गरेर ल्याएको हो ।

यसमा निकै अनौठो डिजाइनको हेडल्याम्प प्रयोग गरिएको छ । दुई स्ट्रीपमा दिइएको एलइडी हेडल्याम्प, परिमार्जित एगजस्ट पाइप, परिवर्तित इन्ट्रुमेन्ट क्लष्टर, नयाँ टर्न इन्डिकेटर, नयाँ ब्रेक केवल, परिमार्जित कलर कम्बीनेशनले मोटरसाइकललाई अलग बनाएको छ ।

मोडिफाइ कम्पनीले यसको सिट, पछाडिको भाग, टेल ल्याम्प, शकको कलर, नम्प्लेट राख्ने स्थान पनि परिवर्तन गरेको देख्न सकिन्छ ।

कम्पनीले यसको टेक्नीकल पार्टस्मा भने कुनै परिवर्तन गरेको छैन । यो मोटरसाइकलमा ९७.२ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७.९१ हर्स पावर र ८.०५ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top