ग्ल्यामर बाईक र डुएट स्कुटर नयाँ स्वरुपमा, यस्तो छ मूल्य

काठमाडौं । नेपाल जनरल मार्केटिङले हिरो मोटोर्कपको नयाँ उत्पादन डुएट स्कुटर र नयाँ १२५ सीसी सेग्मेन्टमा ग्ल्यामर मोटरसाइकलको नयाँ सिरिज नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले आज आइतबार एक कार्यक्रम गरि यसलाई सार्वजनिक गरेको हो । 


ग्ल्यामर एसभी १२५ 

ग्ल्यामर एसभी १२५ मोटरसाईकलमा टर्क अन डिमान्ड इन्जिन प्रयोग गरिएको छ । मोटरसाइकल पारखीलाई एसको आई ३ एस टेक्नोलोजी, मस्कुलर र स्पोटी डिजाइन, पछाडिको एलिडी ल्याम्पले थप आर्कषण दिएको छ । 

आइडिएल स्टप–स्टार्ट सिस्टमले मोटरसाइकल ट्राफिकमा रोकिदा आफैँ बन्दहुने र खुल्दा सजिलै स्टार्टहुने गर्छ । यो मोटरसाईकल कालो र निलो, कालो र रातो तथा क्यान्डी रातो कलरमा बजारमा उपलब्ध हुने छ । 

डुएट स्कुटर

हिरोको नेपाली बजारमा सफल मध्येको एक स्कुटर हो डुएट । अहिलेको नयाँ संस्करण पुरानोको तुलनामा निकै परिष्कृत रहेको कम्पनीले दाबी गरेको छ । एड्भान्स इन्जिन, अतिरिक्त पावर क्षमता र थप पिकप यो स्कुटरको विशेषता हो । 

डिक्किमा राखेर मोवाइल चार्जगर्ने सुविधा रहेको यो स्कुटरमा फियुल हाल्न डिक्की खोलिरहनु पर्दैन । यसमा दिइएको टेलिस्कोप फ्रन्ट सस्पेन्सनले आरामदायी यात्रा गर्न सहज हुने कम्पनीले जनाएको छ ।   

मूल्य

नेपाली बजारमा ग्ल्यामर एसभीको मूल्य १ लाख ९३ हजार रहेको छ भने, डुएट स्कुटरको मूल्य १ लाख ७९ हजार ५०० रहेको छ ।   


Back_to_top