हिरोको अफरः सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल/स्कुटर किन्न पाइने

काठमाडौं । हिरोको आधिकारीक बिक्रेता एनजीएमले सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने योजना अगाडि ल्याएको छ । कम्पनीले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवशरमा यो अफर योजना ल्याएको हो । 

सजिलै हिरो ट्यागलाईनमा ल्याएको यो अफर योजनामा मोटरसाइकल किन्न ग्राहकले कुनैपनि मोटरसाइकल किन्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन । ग्राहकले यस अफर योजनाको साथमा २ वर्षको किस्ताबन्दी सुविधा पाउने छन् । 

ग्राहकले दर्ता, बीमा शुल्क र सेवा शुल्क भने तिर्नु पर्ने कम्पनीले जनाएको छ । यो सुविधा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकले कम्पनीले तोकेको शोरुमबाट मात्र पाउने जनाएको छ । सिमित अवधिको लागि भन्दै ल्याएको योजनामा सर्तहरु लागुहुने जनाइएको छ । 

नेपाली बजारमा हिरोका विभिन्न मोडलका चार स्कुटर र १६ मोटरसाइकलको बिक्री वितरण भइरहेको छ । कम्पनीले बिक्री गर्ने सबैभन्दा सस्तोमा १ लाख ६६ हजारदेखि महङ्गोमा ३ लाख ८५ हजार रुपैयाँ मूल्यसम्मका मोटरसाइकल तथा स्कुटर रहेका छन् ।  


Back_to_top