हिरो प्लेजर १८ वर्ष पुरा, आयो नयाँ भेरियन्ट

काठमाडौं । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ भेरियन्ट प्लेजरको मूल्य ७९ हजार ७३८ रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

योसँगै हिरो प्लेजरको भारतीय बजारमा ६ भेरिन्टमा उपलब्ध भएको छ । कम्पनीले प्लेजरको १८ वर्ष पुरा भएको अवसरमा सार्वजनिक गरेको एक्सटेक स्पोर्टस् भेरियन्ट स्कुटरको डार्क ब्लुप्रिन्टमा अरेन्ज तथा ह्वाइट कलर १८ नम्वरलाई फिचर गरिएको छ ।

डार्क ब्लु करल अप्सनमा आएको यो स्कुटर अझै स्पोर्टी देखिएको छ । यसको साइड मिररमा सामान्य परिर्वतन देख्न सकिन्छ । यसअघिको भेरियन्टमा मिररमा क्रोम फिनिस देख्न पाइन्छ भने एक्सटेक स्पोर्टस् भेरियन्टमा मेट फिनिस देख्न सकिन्छ ।

यसका अलावा स्कुटरमा सेमी डिजिटल क्लष्टर छ । एनालग स्पीडोमिटर, ट्रिप मिटर, ब्लुटूथ कनेक्टिभिटी, कल तथा एसएमएस अलर्ट जस्ता फिचर उपलब्ध छन् ।

यसमा भएको ११०.९ सीसी सिंगल सिलिन्डर इन्जिनले ८.१ पीएस तथा ८.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले डिओ ११० सँग प्रतिस्पर्धा गर्छ ।


Back_to_top