काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो ।
याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो ।
जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको कम्पनी स्रोतले बतायो । यो स्कुटरलाई एक पटकको फुलचार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
स्पोर्टी डिजाइनमा रहेको याडिया जी ६ मा ३ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा २.७३ किलोवाट आवर क्षमातको ग्राफिन ब्याट्री उपलब्ध रहेको छ ।
यो ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । फ्रन्ट तथा रियर दुबै चक्कामा डिस्क ब्रेक भएको यो स्कुटरमा थुप्रै फिचर छन् ।
फराकिलो फ्लोर वोर्ड, अल एलइडी सेटअप, ३१ लिटर क्षमताको बुट स्पेस यसमा पाउन सकिन्छ । यसमा ब्याट्री रिजेनेरेशन सिस्टम समेत उपलब्ध छ । कम्पनीले यो स्कुटरमा उपलब्ध ब्याट्रीमा २ वर्ष वा २० हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउने जनाएको छ ।


