आयो एक लिटर पेट्रोलले ७३ किलोमिटर चलाउन सकिने मोटरसाइकल

काठमाडौं । हिरो मोटोकर्पले नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले एक लिटर पेट्रोलमा ७३ किलोमिटर गुडाउन सकिने नयाँ जेनेरेसन स्प्लेन्डर प्लस एक्सटीइसी २.० मोटरसाइकल भारतमा सार्बजनिक गरेको हो ।

हिरोले आफ्नो बजेटमैत्री मोटरसाइकललाई प्रिमियम र सेगमेन्ट फस्र्ट नयाँ फिचर सहित बजारमा ल्याएको हो । न्यू जेन हिरो स्प्लेन्डर मोटरसाइकल संसारको सबैभन्दा धेरै बिक्री भएको मोडलसमेत हो ।

स्प्लेन्डरको ३० बर्ष पुगेको अवसर पारेर कम्पनीले नयाँ भेरियन्ट बजारमा ल्याएको हो । नयाँ स्प्लेन्डर प्लस मोटरसाइकलमा कम्पनीले हाई इन्टेसिटी पोजीसन ल्याम्पको साथै नयाँ नाइट टाइम भिजिबलिटी भएको एलइडी हेड्ल्याम्प दिएको छ । यस कम्प्यूटर सेग्मेन्ट मोटरसाइकलमा नयाँ एच आकारको सिग्नेचर टेल लाइट पनि दिइएको छ ।

मोटरसाइकलमा यूएसबी चार्जिङ पोर्ट, लामो सीट, सुबिधाको लागि हिन्ज टाइप डिजाइनको ठूलो ग्लवबक्स, हाजार्ड लाइट, साइड स्ट्यान्ड इन्जिन कटअफ, ब्यान्क एंगल सेन्सर, ट्युबलेस टायर, इको इन्डिकेटर, डिजिटल स्पीडोमिटर र नयाँ इन्स्ट्रुमेन्ट कन्सोल दिएको छ । यसमा रियल टाइम माइलेज इन्डिकेटर, कल एसएमएस अलर्टका साथै ब्लुटुथ कनेक्ट समेत गर्न मिल्ने छ ।

आइडल स्टप स्टार्ट (आइ थ्री एस) सिस्टम रहेको नयाँ स्प्लेन्डर प्लसमा १०० सीसीको इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ७.९ ब्रेकहर्स पावर तथा ८.५ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स छ ।

हिरो स्प्लेन्डर प्लस तीन डवल कलर अप्सनमा उपलब्ध छ । भारतीय बजारमा यो मोटरसाइकलको मूल्य ८२ हजार ९११ रुपैयाँ (एक्स शोरुम, दिल्ली) निर्धारण गरिएको छ ।


Back_to_top