हिरो मोटो कर्पले इटालीको मिलानमा आयोजना भइरहेको EICMA मोटरसाइकल शोमा आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल Xtreme 1.R को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।
हिरो मोटोका अनुसार नयाँ कन्सेप्ट Xtreme 1.R को कुल तौल १४० केजी रहेको छ भने यसमा दिइएको एलइडी हेडल्याम्प पनि निकै आकर्षक रहेको छ । यसको पछाडिको भाग कुनै स्पोर्टस बाइकको जस्तो बनाइएको छ । जहाँ सानो गो–प्रो क्यामेरासमेत दिइएको छ ।
कम्पनीले आगामी दिनमा आफ्नो एक्ट्रीम सिरिजमा यसलाई समाबेस गर्ने अनुमान गर्न सकिन्छ । तर, यो प्रोटोटाइप मात्रै हो उत्पादन नै भने होइन । यसको तुलनमा उत्पादन स्पेकमा कमजोर वा आकर्षक दुबै आउन सक्छ ।

कम्पनीले यसमा एयरकुल्ड इन्जिन दिएको छ । यसबाहेक कम्पनीले यसको विषयमा कुनै जानकारी दिएको छैन । यसको उत्पादन कम्पनीले तत्काल सुरु गर्ने हो भने यसले बजाज पल्सर एनएस २०० सँग सिधा प्रतिस्पर्धा हुने देखिन्छ ।


