‘एक्स्ट्रीम २०० आर’ सार्वजनिक, यस्तो छ मूल्य र प्रतिस्पर्धा

हिरो मोटोकर्पले नयाँ एक्स्ट्रीम बाइकलाई भारतीय बजारमा सार्वजनिक गरेको छ । ‘एक्स्ट्रीम २०० आर’ नाम दिइएको यो बाइककाे कम्पनीले गुहाटीलाई आधार बनाएर एक्स शोरुमको मूल्य ८८ हजार भारु तोकेको छ । 

कम्पनीले आफ्नो अफिसियल वेभसाइटमा यसको मूल्यको जानकारी दिएको हो । अन्य राज्यको मूल्यको बिषयमा क्रमिकरुपमा उल्लेख गर्दै जाने कम्पनीले जनाएको छ । 

निकै स्टाइलिस लुक्समा आएको यो बाइकमा २०० सीसी क्षमताको एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले १८.३ बीएचपी पावर र १७.१ एनएम टर्क उत्पादन गर्छ । यो वाइकमा नयाँ डायमन्ड फ्रेम बनाइएको छ । 

दुबै चक्कामा डिस ब्रेक दिइएको यो वाइकमा एबीएससमेत दिइएको छ । कम्पनीले यो बाइको सिधा प्रतिस्पर्धा टिभिएस अपाची २०० भी र पल्सर एनएस २०० सँग हुने दाबी गरेको छ । 

नेपाली बजारमा हिरो मोटरसाइकलको बिक्री वितरण नेपाल जनरल मार्केटिङ (एनजीएम)ले गर्दै आएको छ ।  


Back_to_top