काठमाडौं । हिरो मोटोकर्पले प्रिमियम स्कुटर सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले १६० सीसीको क्षमाताको नयाँ जुम स्कुटर ल्याउने भएको हो ।
जनवरी १७ देखि भारतमा हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा हिरोले जुम १६० सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले इटालीमा सम्पन्न इक्मा अटो शो २०२४ मा पनि जुम १६० स्कुटर प्रदर्शनी गरेको थियो । उक्त स्कुटर अहिले भारतमा परीक्षणको क्रममा देखिएको छ ।
जुम १६० प्रिमियमसँगै अफरोडिङ क्षमता भएको स्कुटर र्याली मोटरसाइकलबाट इन्सपायर भएर बनाएको कम्पनीले जनाएको छ । यस स्कुटरको बडीवर्क र एशोसरिज सबै एड्भेन्चर अफरोडिङ किसिमका छन् ।
जुम १६० स्कुटरमा अलोय ह्वील, डबल पर्पस टायर, डबल डिस्क ब्रेकसँगै एबीएस, टेलिस्कोपिक फर्क र ट्वीन सक एब्जर्बर रहेको छ ।
त्यस्तै, पुरा एलइडी लाइट, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्ट कि इग्निसन डायल, रिमोट कि इग्निसन र एड्भान्स एलीमेन्ट जस्ता फिचर यसमा छन् । यो स्कुटरले यामाहा एरोक्स १५५ सँग प्रतिस्पर्धा गर्नेछ ।

