काठमाडौं । ब्याजदरमा चर्को प्रतिस्पर्धा भइरहेको समयमा केईको आधिकारीक बिक्रेता जीओ अटोमोवाइलले सून्य प्रतिशत ब्याजदर लाग्ने स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा केई एक्स-थ्री प्रो मोडल किन्ने ग्राहकले ब्याज तिर्नु पर्नेछैन ।
कम्पनीले ५२ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको केई एक्स-थ्री प्रो मोडल किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट वापत बुझाएर बाँकी रकम विना ब्याजमा ५ वर्षे कर्जा सुविधा पाउने छन् ।
जीओ अटोमोवाइलले ल्याएको स्कीममा गाडी किन्ने ग्राहकले १० लाख ५९ हजार रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । बाँकी ४२ लाख ३६ हजार ८०० रुपैयाँ कर्जा सुविधा पाउने छन् । यसरी लिएको कर्जा ५ वर्ष भित्र भुक्तानी गरिसक्नु पर्नेछ । यसरी लिएको कर्जा मासिक ७० हजार ६१५ रुपैयाँको दरले बुझाउनु पर्ने हुन्छ ।
केई एक्स-थ्री प्रोमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । साथै ५३.६ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ३७० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।