काठमाडौं । महिन्द्रा थार रक्सले इण्डियन कार अफ दी एयर २०२५ (आइकोटी) अवार्ड पाएको छ । थार रक्सले मारुती सुजुकी डिजायरलाई पछि पार्दै उक्त अवार्ड जितेको हो ।
अवार्डको इतिहासमै सबैभन्दा कम अंकलको अन्तरले प्रतिस्पर्धीलाई पछि पार्दै लाइफस्टायल एसयूभी महिन्द्रा थार रक्सले यो अवार्ड पाउन सफल भएको हो ।
२० औं संकरणको यो अवार्डमा महिन्द्रा रक्सले १३९ अंक पाएको थियो भने निकटतम प्रतिद्धन्द्धी मारुती सुजुकी डिजायरले १३७ अंक पाएको थियो ।
यस वर्ष अवार्डका लागि सर्टलिस्टमा बीवाइडीको इम्याक्स सेभेन, सिट्रोनको बसाल्ट, महिन्द्रा थार रक्स, मारुती सुजुकी स्वीफ्ट, एमजी विण्डसर, मारुती सुजुकी डिजायर, टाटा कर्भ तथा टाटा पन्च थिए ।

त्यस्तै दुईपाँग्रेतर्फ इण्डियर बाइक अफ दी एयरको अवार्ड अप्रिलिया आरएस ४५७ ले पाउन सफल भएको छ । बाइक सेग्मेन्टमा दोस्रो हिरो एक्ट्रीम १२५आर भएको थियो ।
आइकोटिको ग्रीन कार अफ द एयर एमजीको विण्डसरले पाएको छ भने प्रिमीयम कार अफ द एयरको अवार्ड मर्सिडिज वेन्जको ईक्लास एलडब्लूबी सेडानले पाउन सफल भएको छ ।


