अहिलेसम्मकै ठूलो अपडेट भयो ‘टेस्ला मोडल वाई’, मूल्य कति ?

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाले आफ्नो मोडल वाईमा अहिलेसम्मकै ठूलो अपडेट गरेको छ । कम्पनीले फेसलिफ्ट गरेर ल्याएको मोडल वाईलाई ‘जुनिपर’ नाम दिएर चीनमा बिक्री सुरु भएको हो ।

टेस्लाले चिनियाँ बजारमा दुई भेरियन्टमा मोडल वाई जुनिपर लन्च गरेको हो । यसको दुई भेरियन्टको मूल्य क्रमशः ३५ हजार ९०५ र ४१ हजार ४०० डलर तोकिएको छ । टेस्ला मोडल वाई कम्पनीको वेस्ट सेलिङ मोडल हो ।

फेसलिफ्ट मोडल वाईको फ्रन्ट बम्परमा लेटेस्ट कनेक्टेड एलइडी लाइटबार प्रयोग भएको छ । फ्रन्ट बम्परमा हेडलाइट दिएको छ, यसले एरोडायनामिक्समा समेत सुधार भएको छ । फेसलिफ्ट टेस्ला मोडल वाईका ड्रयाग कोफिसीयन्ट अब मात्र ०.२२ भएको छ, जुन पहिले ०.२३ रहेको थियो ।

क्रसओभर एसयूभी भनिए पनि टेस्ला मोडल वाई फरक प्रकारको रेनड्रप बडीसेपले भने निरन्तरता पाएको छ । नयाँ फेसलिफ्टको पछाडि नयाँ डिजाइनको कनेक्टेड लाइटबार थपिएको छ । साथै, पछाडि ‘डकटेल स्पोइलर’ समेत दिएको छ ।

टेस्लाको फेसलिफ्ट मोडल वाईमा नयाँ डिजाइनको १९ वा २० इन्चको ह्वील, फ्लस डोर ह्याण्डल र नयाँ ब्लु कलर अप्सन समेत थपिएको छ । फेसलिफ्ट मोडलमा छुट्टै इन्ट्रुमेन्ट क्लष्टर छैन ।

ड्यासबोर्डमा १५ इन्चको टचस्कृन डिस्प्ले छ । यही स्कृनमा चाललाई चाहिने कारको स्पीड, गियर र एडास जस्ता सम्पूर्ण इन्फर्मेसन पाउन सकिन्छ । यसको सेन्टर टनेलमा वायरलेस मोवाइल चार्जिङ प्याड बाहेक कुनै बटन छैन । टेस्ला मोडल वाईमा सिल्भर कोटेड सनरुफ तथा १६ वटा स्पीकर पाउन सकिन्छ ।

रियर ह्वील र अल ह्वील ड्राइभ भेरियन्टमा उपलब्ध फेसलिफ्ट मोडल वाईमा ६२.५ किलोवाट आवरको सीएटीएलको एलएफपी ब्याट्री प्याक रहेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ५९३ किलोमिटर रेन्ज दिने सीएलटीसी टेष्टले देखाएको छ ।

टेस्लाले यसमा २२० किलोवाटको रियर ह्वीलमा मोटर दिएको छ । यसले मात्र ५.९ सेकेण्डमा शून्यबाट १०० किलोमिटर सम्मको स्पीड लिन सक्छ । फेसलिफ्ट मोडल वाईकोे लम्बाइ ४७९७ एमएम, चौडाइ १९२० एमएम, उचाइ १६२४ एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।


Back_to_top