हिरोको एड्भेन्चर स्कुटर आउने

काठमाडौं । हिरो मोटोकर्पले एड्भेन्चर सेग्मेन्टमा नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले हिरो जुम १६० सीसीको नयाँ एड्भेन्चर स्कुटर ल्याउने भएको हो ।

उत्कृष्ट अफरोडिङ क्षमता रहनेगरी निर्माण भएको जुम १६० स्कुटरलाई कम्पनीले इटालीको मिलानमा भएको इक्मा अटो शो २०२४ मा देखाएको थियो । प्रिमियमसँगै अफरोडिङ एक्सनमा देखिएको नयाँ स्कुटर र्याली मोटरसाइकलमा इन्सपायर भएर बनाएको कम्पनीले जनाएको छ । यस स्कुटरको बडीवर्क र एशोसरिज सबै एड्भेन्चर अफरोडिङ किसिमका छन् ।

जुम १६० एड्भेन्चरमा हिरो मोटोस्पोर्ट डकार मोटरसाइकलमा प्रयोग भएको लिबर दिएको छ । जुम १६० स्कुटरमा अलोय ह्वील, एड्भेन्चर पर्पस टायर, डबल डिस्क ब्रेकसँगै एबीएस, टेलिस्कोपिक फर्क र ट्वीन सक एब्जर्बर रहेको छ ।

त्यस्तै, पुरा एलइडी लाइट, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्ट कि इग्निसन डायल, रिमोट कि इग्निसन र एड्भान्स एलीमेन्ट जस्ता फिचर यसमा छन् ।

कम्पनीले जुम १६० एड्भेन्चर स्कुटरका बारे अन्य जानकारी भने बाहिर ल्याएको छैन ।


Back_to_top