काठमाडौं । टीभीएसले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा रोनिन, अपाचे आरटीआर ३१० आरपछि नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आरटीएक्स ३१० एड्भेन्चर ल्याउने तयारी थालेको हो ।
एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३१० एड्भेन्चरको टेस्टिङको तयारी भइरहेको रिपोर्ट वाहिर आएका छन् ।
टीभीएस र बीएमडब्लूको सहकार्यमा तयार भएको ३१० सीसी प्लेटफर्ममा आउने आरटीएक्स ३१० एड्भेन्चरको इमेजसमेत इन्टरनेटमा सार्वजनकि भएको छ ।
सार्वजनिक भएको तस्बीरका अनुसार आरटीएक्स ३१० एड्भेन्चरको फ्रन्टमा २१ र रियरमा १८ इन्च स्पोक वायर टायर हुने अनुमान गर्न सकिन्छ । यसको दुबैतर्फ डिस्क ब्रेक, एड्जष्टेवल यूएडी फर्कका साथै स्वीचेवल एबीएस हुने अनुमान गर्न सकिन्छ ।
यो एड्भेन्चर मोटरसाइकल फिचर लोडड हुनेछ । यसमा क्रुज कन्ट्रोल, कर्नरिङ कन्ट्रोल, एबीएस मोड, भ्यान्टिलेटेड सिट, कनेन्ट फिचर, टीएफटी क्लस्टर, क्वीक सिफ्टर, स्लिपर क्लच जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।
यसका आपाचे आरआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ३७.५ बीएच पावरका साथै २९ एनएम टर्क जेनेरेट गर्छ ।
बीएमडब्लूले हालै मिलानमा सम्पन्न इक्मा अटो शो २०२४ मा सार्वजनिक गरेको ४५० सीसी एड्भेन्चर समेत टीभीएससँग सहकार्यमा भारतमा उत्पादन हुने अनुमान गर्न सकिन्छ ।


