हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो ।
हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो ।
हिरो मोटोकर्पको सिएफओ निरंजन गुप्ताले आंध्र प्रदेश स्थित चित्तुर प्लान्टमा इलेक्ट्रीक दुई पाङ्ग्रे साधन उत्पादन भइरहेको जानकारी दिएका छन् । साथै भिडा ब्राण्ड नेमलाई कम्पनीका चेयरम्यान तथा सीईओ पवन मुञ्जालले पुष्टि गरेका छन् ।
कम्पनीले भिडा ब्राण्डमा प्रिमियम, मिड रेन्ज र इन्ट्री लेभल सेग्मेन्टमा सवारी साधन उत्पादन गर्ने छ । कम्पनीले ल्याउने स्कुटरले टीभीएस आइक्युव, बजाज चेतक, ओला एस १ जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
हिरो मोटोकर्पले गोगोर र अथर इनर्जीमा लगानीगरी रहेको छ । कम्पनीका सिएफओ गुप्ताका अनुसार यी दुई कम्पनीमा लगानी जारी राख्ने छ ।


