काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नयाँ बर्ष अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ बर्षलाई लक्षित गरेर कम्पनीले ‘बजाज विन हरेक दिन’ नामक अफर सार्वजनिक गरेको हो ।
बजाजका कुनैपनि मोटरसाइकलको खरिद गरेर यस योजनमा सहभागि हुन सकिने कम्पनीले जनाएको छ । हरेक बजाज मोटरसाइकलको खरिदमा ग्राहकले तत्काल नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।
यसका साथै हरेक दिन यस योजनामा सहभागि ग्राहक मध्यबाट बेलुका ७ बजे फेसबुक लाइभ मार्फत लक्की विजेता घोषणा हुने कम्पनीले जनाएको छ । यस लक्की ड्र मार्फत बिजेताले सामसुङका उत्पादनहरु जित्न सक्नेछन् ।
कम्पनीका अनुसार बिजेताले सामसङका फ्रिज, वासिङ मसिन, मोवाइल, एलइडी टेलिभिजन जस्ता विभिन्न उपहारहरु जित्न सक्नेछन् ।
बजाजले नेपाली बजारमा पल्सर सिरिज अन्तर्गत पल्सर १२५, पल्सर १५०, पल्सर १५० टीडी, एनएस १६०, एनएस २०० र पल्सर २२० एफ, पल्सर २२० एफ एबीएस, एभेन्जर, डिस्कभर, प्लाटीना जस्ता मोटरसाइकल बिक्री गरिरहेको छ । यस्तै बजाज डोमिनार ४०० बिक्री गरिरहेको छ ।
कम्पनीले तराई क्षेत्रमा बिक्री गर्दै आएको पल्सर १२५ पल्सर सिरिज कै सबैभन्दा सस्तो मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ भने, सबैभन्दा महंगो बजाज डोमिनार ४०० को मूल्य ५ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

