होन्डाले ५ दिनपछि नयाँ मोटरसाइकल ल्याउने

काठमाडौं । होन्डाले अगस्ट २७ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । केही दिनअघि कम्पनीले नयाँ मोटरसाइल ल्याउन लागेको रिपोर्टहरु बाहिर आएको थियो ।

कम्पनीले आधिकारीकरुपमा नै नयाँ मोटरसाइकल बजारमा ल्याउन लागेको जानकारी दिएको छ । अब ५ दिनपछि यसलाई कम्पनीले बजारमा उतार्ने छ ।

टिजर भिडियो सार्वजनक गर्दै कम्पनीले यसको पुष्टि गरेको हो । भारतीय प्रदुषण मापदण्ड बीएस ६ मा अपग्रेड नगरेको होन्डा हर्नेटलाई नयाँ इन्जिन र फिचरसहित होन्डाले बजारमा उतार्न लागेको अनुमान गरिएको छ । यद्यपी होन्डाले नयाँ मोटरसाइकलको थप जानकारी दिएको छैन ।

टिजरमा देखिए अनुसार अन्तर्राष्ट्रिय बजारमा होन्डाले बिक्री गर्दै आएको सिबीएफ १९० को प्ल्याटर्फममा नयाँ मोटरसाइकल ल्याउन लागेको हो । संभवत यसको नाम सिबी हर्नेट २०० आर रहने छ ।

सुरुमा कम्पनीले हर्नेट २०० आरमा यूएसडी फर्क उपलब्ध नगराउने अनुमान गरिएको थियो । तर, कम्पनीले सार्वजनिक गरेको टिजरमा यूएसडी फर्क दिइएको छ । यो फिचरसँगै होन्डाको नयाँ मोटरसाइकल प्रिमियम फिचरको साथ बजारमा आउने छ ।

फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोलका साथ आउने यो मोटरसाइकलमा सबै किसिमका लाइट एलइडी रहने छन् । यो मोटरसाइकल बजारमा आएसँगै सिबी हर्नेट १६० आरको उत्पादन भने पूर्णरुपमा बन्द हुने छ ।

नेपालमा होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले भारतमा सार्वजनिक भएको केही महिनापछि नयाँ मोटरसाइकल नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top