होन्डा मोटरसाइकलको ५० वर्षे नेपाल यात्रा

काठमाडौं । नेपालमा सवारी आयातको इतिहास धेरै लामो छैन । राणाहरुले काठमाडौंमा  गाडी चलाउन मकवानपुरको भिमफेदीको बाटो हुदैनोल लगाएर गाडी बोकाएर ल्याएका थिए । त्यसपछि समय क्रमको विकास र मानिसको आवश्यकता तथा मोटर बाटोको बिस्तारसँगै नेपालमा आधिकारिक विक्रेतामार्फत विभिन्न कम्पनीका गाडीहरु नेपाल भित्रिन थाल्यको हो । 

त्यही क्रममा जापानी सवारी उत्पादक कम्पनी होन्डाको मोटरसाइकल नेपालको अग्रणी व्यापारीक घराना ज्योति समूहले ल्याएको हो । ज्योति समूह अन्तर्गतको कम्पनीले होन्डाका मोटरसाइकल सन् १९६७ देखि आधिकारिक विक्रेताको रुपमा नेपाल ल्याएको हो । 

सन् २०१८ मा आइपुग्ग्दा ज्योति समूहले नेपालमा होन्डाका मोटरसाइकल भित्र्याएको ५० वर्ष पुरा भएको छ । समुहले मोटरसाईकल बेच्न सुरुगरेको करिब १० बर्षपछि सन् १९७६ मा होन्डा मोटरसाइकलको मात्र कारोबार गर्नेगरि स्याकार कम्पनी स्थापना गरेको थियो । 

अहिले पनि सोही कम्पनीमार्फत होन्डाका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण भइरहेको छ । स्थापनाको ५० बर्ष पुरा गरेको अवसरमा आज बिहिबार ज्योति समूहले विभिन्न कार्याक्रम आयोजनागर्दै यातायात क्षेत्रमा योगदान पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानसमेत गर्ने भएको छ । 

होन्डाका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा निक्कै लोकप्रिय रहेको छ । सुरुवाति वर्षहरुमा त मोटरसाइकल भनेकै होन्डा थियो । मानिसहरुले मोटरसाइकल आयो नभनि होन्डा आयो भन्ने जमाना थियो । तर अहिले समय बदलिएको छ । विभिन्न कम्पनीका विभिन्न मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् । 

तथापि, होन्डाका मोटरसाइकल तथा स्कुटर नेपालमा लोकप्रिय नै रहेका छन् । २०१६/१७को १० महिनामा होन्डाको डियो मात्र २१ हजार भन्दा बढी बिक्री भएको थियो । त्यस्तै डियो पछि होन्डाको धेरै बिक्री हुने साइन मोटरसाइकल हो ।

स्याकार कम्पनीले होन्डाका कारहरु समेत नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।  


Back_to_top