काठमाडौं । नेपाली बजारमा ‘होन्डा अल न्यू सीआर-भी’ एसयूभीको औपचारिक बिक्री सुरू भएको छ ।
नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै
यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ। यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ। गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ । जसमा वेलकम सिट, फुल एलईडी लाइट र पानोरामिक सनरुफ समावेश छन्।
साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ। यसमा १० थान एयर ब्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ । यसमा २१० एमएम ग्राउण्ड क्लियरेन्स छ ।
न्यू सीआर–भीमा १०.२ इन्चको टीएफटी टच डिस्प्ल , चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउण्ड अनुभवका लागि १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’ हरू रहेका छन्।
सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ। यसमा अडास लेभल २ जडान गरिएको छ । यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’ को लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ।
कम्पनीका अनुसार ‘होन्डा अल न्यू सीआर-भी’ चार आकर्षक रङहरू कालो, सेतो, निलो र सिल्भरमा उपलब्ध हुनेछन्। यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’गर्न चाहने ग्राहकले ललितपुरको धोवीघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।


