होन्डा र जनरल मोटर्सबीच सम्झौँता, दुई नयाँ इलेक्ट्रीक कार उत्पादन गर्ने

काठमाडौं । जापानी मोटर कम्पनी होन्डा र अमेरिकी अटो कम्पनी जनरल मोटर्सको बीचमा नयाँ सम्झौँता भएको छ । यी दुई कम्पनी मिलेर दुई वटा नयाँ इलेक्ट्रीक कार बनाउने भएका हुन् । अब होन्डा ब्राण्ड नेममा जनरल मोटर्सको मोडुलर इभी प्ल्याटर्फममा दुई नयाँ मोडल उत्पादन गर्ने भएको हो ।

दुबै कम्पनीले संयूक्त प्रेस विज्ञप्ती निकाल्दै जनरल मोटर्सको नर्थ अमेरिकामा भएको प्लान्टमा यी दुई मोडल उत्पादन गर्ने जनाइएको छ । यी गाडीमा जनरल मोटर्सको अल्टियम व्याट्री प्याक प्रदान गरिने छ ।

केही दिनअघि जापानी कम्पनी टोयोटा र चिनीयाँ इलेक्ट्रीक कार उत्पादक कम्पनी बीवाइडी बीच सम्झौँता भएर नयाँ इलेक्ट्रीक गाडी उत्पान गर्ने कम्पनी स्थापना भएको थियो ।

‘होन्डाको ड्राइभिङ क्यारेक्टर’ सिस्टम प्रयोग हुने यी कारको डिजाइन पनि होन्डाले नै गर्नेछ ।

यी दुई कम्पनी बीचको सम्झौँता अनुसार जनरल मोटर्सको अनस्टार कन्सेप्टमा प्रयोग भएको कार टेक्नोलोजी र ह्याण्डस्–फ्रि ड्राइभर एसिस्ट टेक्नोलोजी यी दुबै मोडलमा प्रयोग हुने छ । यी दुई कम्पनीले बजारमा ल्याउने इलेक्ट्रीक कार सन् २०२४ को सुरुवातमा अमेरिक बजारमा आउने अनुमान गरिएको छ ।

‘यो समझदारीले दुबै कम्पनीलाई भविष्यमा निकै ठूलो फाइदा पुग्ने छ । दुबैको क्षमता र चुस्त व्यवस्थापनले ग्राहकले उत्कृष्ट उत्पादन प्रयोग गर्न पाउने छन्’, होन्डा अमेरिकाका कार्यकारी भाइस प्रेसिडेन्ट रिक स्कोथीले भने ।

कम्पनीले नयाँ उत्पादन हुने कारमा रहने फिचर, व्याट्री प्याक, मोटर क्षमता जस्ता विषयमा भने कुनै जानकारी दिइएको छैन ।

योसँगै अमेरिकी बजारमा होन्डा र जनरल मोटर्सले नयाँ इलेक्ट्रीक कार, फ्यूलसेल कार र अटोनोमश कार उत्पादनमा सहकार्य गर्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा


Back_to_top