काठमाडौं । होण्डा नेपालले ‘यो दशैं आशाको सुरुवात’ अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दशैंलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले विभिन्न आकर्षक नगद पुरस्कार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकले स्क्रयाच कुपनमार्फत अधिकतम १ लाख रुपैयाँसम्म जित्ने मौका पाउनेछन् ।
त्यस्तै, ‘होण्डा छ साथसाथ’ योजनामार्फत हरेक हप्ता ७ प्रदेशबाट एक–एक जना गरी ७ जना विजेता छनोट गरिनेछ । जसमा छनोट भएका प्रत्येक विजेताले १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन् ।
यस योजनाको अर्को विशेष पक्षका रूपमा होण्डा नेपालले प्रत्येक विजेताले प्राप्त गर्ने रकम बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ ।
यसका अलावा ग्राहकले ७ वर्षसम्म निःशुल्क सर्भिसिङ, ५ वर्षको एएमसी सुविधा र एडिस्नल स्क्रयाच कुपन मार्फत नगद १० हजार रुपैयाँ ३ विकल्पमध्ये एक रोज्न पाउने कम्पनीले जनाएको छ ।

