काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर एक्टिभामा स्वाप गर्न मिल्ने दुई ब्याट्री प्याक दिने भएको छ । कम्पनी भारतीय बजारमा स्कुटर सार्वजनिक गर्ने मिती नजिकिदै जाँदा उक्त जानकारी बाहिर ल्याएको हो ।
कम्पनीले एक टिजर सार्वजनिक गर्दै अन्डर सिट दुई ब्याट्री प्याक राख्न मिल्ने जानकारी दिएको हो ।
उक्त टिजरमा देखिए अनुसार अन्डर सिट स्टोरेज भने कम हुने भएको छ ।
यसमा १.३ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा यो स्कुटरले ७० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ । साथै, यसमा ११० सीसी पेट्रोल क्षमता बराबरको पावरफुल मोटर प्रयोग गरिएको छ । यस मोटरले ६ किलोवाटको पिक टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कम्पनीले एड्भान्स फिचरको रुपमा ओभर द एयर (ओटीए) टेक्नोलोजी पनि दिएको छ । यस टेक्नोलोजीले स्कुटर अटोमेटिक रुपमा आफै अपडेट हुनेछ, भने यसले नजिकै रहेको चार्जिङ स्टेशन जान चालकलाई आफैँ गाइड गर्नेछ ।
त्यस्तै, एक्टिभा स्कुटरमा ५ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिट सिस्टम, नेभिगेसन, पुरा एलइडी लाइट सेटअप, टाइप सी युएसबी चार्जिङ पोर्ट, तीन किसिमका राइड मोड, रिभर्स मोड र किलेस स्टार्ट जस्ता फिचरहरु छन् ।
कम्पनीले पहिलो पटक इटालीको मिलानमा भएको ‘इक्मा अटो शो २०२४’मा देखाएको सीयूभी ई इलेक्ट्रीक स्कुटर भारतमा एक्टिभा नामम ल्याउने भएको हो । होन्डा इन्डियाले २०२५ को मार्चदेखि आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बिक्री सुरू गर्ने भएको हो ।

