होण्डाले पनि सोलिड स्टेट ब्याट्री बनाउने

काठमाडौं । पछिल्लो समय इलेक्ट्रीक भेहिकलको ब्याट्री टेक्नलोजीको विकास तीव्र रूपमा भइरहेको छ । अटोमोबाइल निर्माता कम्पनीहरूले एकपछि अर्को नयाँ प्रविधिको विकास गरिरहेका हुन् ।

विश्व चर्चित टोयोटाले गत वर्ष नै सन् २०२७ भित्र सोलिड स्टेट ब्याट्री भएको ईभी लन्च गर्ने घोषणा गरेको थियो । टोयोटालाई पछ्याउँदै धेरै चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनीहरूले सोलिड स्टेट ब्याट्री बनाउन रिसर्च एण्ड डेभलपमेन्टमा लगानी गरिरहेका छन् ।

यसैक्रममा, जापनी अटोमोबाइल कम्पनी होण्डाले पनि सोलिड स्टेट ब्याट्री बनाउने घोषणा गरेको छ । होण्डाले अगामी वर्षको सुरूआतमै पहिलो सोलिड स्टेट ब्याट्रीको स्याम्पल बनाउने जनाएको छ ।

होण्डाले जापानको तोचिगी प्रदेशको साकुरा सिटीमा ३ लाख स्क्वायर फिटको सोलिड स्टेट ब्याट्री उत्पादन फ्याक्ट्री बनाएको छ । होण्डाले सन् २०२६ पछि आफ्ना ईभीमा सोलिड स्टेट ब्याट्री प्रयोगमा ल्याउने योजना बनाएको छ।

सोलिड स्टेट ब्याट्रीमा धेरै ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ स्पीडका साथै लागत समेत कम पर्ने जनाइएको छ ।


Back_to_top