काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर ७ गतेदेखि) आफ्नो कार्यालय परिसर (काठमाडौं प्लाजा)मा सर्वसाधरणका लागि निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भएको छ ।
महानगरले आजदेखि साँझ साढे ५ देखि ११ बजेसम्म (साढे ५ घण्टा) सर्वसाधरणलाई सवारी पार्किङ निःशुल्क उपलब्ध गराउने भएको हो ।
महानगरका प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार काठमाडौं प्लाजामा दुई पाङ्ग्रे र चारपाङ्ग्रे दुवै खालका सवारी साधनका लागि पार्किङ खुला गरिने छ ।
‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ,’ उनले भने ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।