नेपाल आयो एयरव्याग भएको मोटरसाइकल

काठमाडौं । कम मूल्यका कारमा एयरव्यग सुन्न थालेको धेरै भएको छैन । भारतले २०१९ अप्रिलबाट अनिर्वाय एयरव्यागको व्यवस्था गरेसँगै बजारमा कम्तीमा एउटा एयरव्याग भएका गाडी आएका छन् । तर, होन्डाले नेपालमा यस्तो मोटरसाइकल ल्याएको छ जसमा एयरव्याग र व्याक गियर समेत उपलब्ध रहेको छ ।

होन्डा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरका स्याकार ट्रेडिङले १८०० सीसी क्षमताको होन्डा गोल्डविङ १८०० नेपाल ल्याएको हो ।

यो मोटरसाइकलमा एयरव्यग र व्याक गियरको अलावा म्यूजिक सिस्टम, इन्फोटेन्टमेन्ट सिस्टम, स्याटलाईट नेभिगेशन सापोर्ट जस्ता सुविधा उपलब्ध रहेको छ ।

उक्त मोटरसाइकलमा ११० लिटर सामान राख्ने स्टोरज क्षमता रहेको छ ।

१८३३ सीसी ६ सिलिन्डर एफआई इन्जिन रहेको यो मोटरसाइकलले १२५ बीएच पावर तथा १७० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले यसको मूल्यको बारेमा भने कुनै जानकारी दिएको छैन । यसमा ७ स्पीडको अटोमेटीक गियरका साथै डीटीसी हाड्रोलिक क्लच रहेको छ ।

यो मोटरसाइकलमा एप्पल कारप्ले इन्ट्रिगेसन, मल्टिपल राइडिङ मोड, एबीएस, हिल स्र्टाट असिस्ट, अडियो सिस्टम जस्ता फिचर रहेको छ । उक्त मोटरसाइकल हेर्न चाहनेले कम्पनीको कान्तिपथ शोरुमा गएर हेर्न सक्ने छन् ।


Back_to_top