यी तीन गल्ति गरे ट्राफिकले १० हजार जरिवान गर्ने

काठमाडौं । काठमाडौंका हरेक चोकमा अहिले एउटा बोर्ड लागेको देख्न पाइन्छ । ‘ट्राफिक नियम उल्घंन गरे १० हजारसम्म जरिवाना’ । यसले हरेक चालकलाई ट्राफिक कारवाहीको जरिवाना रकम वृद्धि भएको भन्ने लागि रहेको हुन सक्छ ।

यो ट्राफिक प्रहरीले गर्ने अधिकताम शुल्क भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

‘यो अधिकतम शुल्क हो । सबैलाई १० हजार नै लाग्छ भन्ने होइन’, उपत्यका ट्राफिक प्रहरी प्रमुख भिम ढकालले मेरोअटोसँग भने ।

ढकालका अनुसार दुर्घटनाको संख्यात्मक वृद्धिमा कमि ल्याउन पनि चेतनासँगै डरले पनि काम गर्ने भएकाले सबै चालकलाई सचेत गराउन यस्ता बोर्ड लगाइएको हो ।

अहिले विशेषगरेर तीन किसिमको नियम उल्लघंन गर्नेलाई १० हजार रुपैयाँ कारवाही गर्ने गरिएको महाशाखाले जनाएको छ ।

कुनैपनि सवारीसाधनलाई उत्पादनको स्वरुपबाट अर्के देखिनेगरि मोडिफाई गरेको पाइए १० हजार रुपैयाँ जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी एउटा प्रयोजनको लागि भनेर दर्ता भएको सवारीसाधन अन्य प्रयोजनामा प्रयोग गरेको पाइए वा आफुखुसी नम्बर प्लेट प्रयोग गरेको पाइए त्यस्ता सवारीसाधनलाई १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको महाशाखाले जनाएको छ ।


Back_to_top