नयाँ स्कुटरमा होन्डा ग्राजिया vs टीभीएस एनटर्क, कुन बेष्ट ?

काठमाडौं । टीभीएस एनटर्क १२५ र होन्डा ग्राजिया स्कूटर एक महिनाको फरकमा भारतीय बजारमा सार्वजनिक गरिएको थियो ।

टीभीएस कम्पनीले एनटर्कलाई चालु आर्थिक वर्षमा भारतीय बजार र निकासी हुने अन्तर्राष्ट्रिय बजारमा समेत गरेर दुई लाख युनिट बिक्री गर्ने लक्ष्य राखेको थियो ।

त्यसो त होन्डाले ग्राजियाको आगमनसँगै स्कूटरको बजारमा आफ्नो हिस्सा अझै बढ्ने आँकलन गरेको थियो ।

मे महिनामा आईपुग्दा टीभीएस एनटर्क भारतमा सबैभन्दा धेरै बिक्री हुने १० स्कूटरमा पर्न सफल भएको छ । जहाँ टप–१० मा एनर्टक पर्न सफल भएको छ । त्यहीँबाट होन्डा ग्राजिया आउट भएको छ ।

होन्डा ग्राजियाको बिक्रीमा निकै धेरै उतार–चढाव आएको बताइन्छ । लञ्चको सुरुवाती समयमा धेरै बिक्री हुने १० भित्र पर्न सफल भएको उक्त स्कूटर अहिले टप–१० बाट बाहिर पुगेको छ ।

टीभीएस एनटर्क 

एनटर्क १२५ निकै स्टाइलिस र दमदार पावरका लागि परिचित हुँदै गएको छ । यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरुको रोजाईमा यसले प्रवेश पाएको छ । यो स्कूटर आफ्नो सेग्मेन्टमा एउटैमात्रै छ, जसमा ब्लूटुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ ।

स्कूटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मीटर, फ्यूल लेवल, स्पीड, इञ्जिन टेम्परेचर, र घडीजस्ता फिचर्सहरु नर्मल मोडमा पाइन्छ ।

यस स्कूटरमा रहेको लो–फ्यूल वार्निङले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आईकन डिस्प्लेमा देखिन्छ ।

त्यसैगरी, एन्कर–एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी (डिस्टेन्स), टाइम, ट्राफिकको टाइम, र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरुको जानकारी यस एपले दिने गर्छ ।

१२५ सीसी गियर कोल्ड इञ्जिनमा आउने यो स्कूटरले ११–५ बीएचपी पावर दिन्छ । यसको टप स्पीड क्षमता १०३ किलोमिटर प्रतिघन्टा हुनेछ । यसको मतलब यो संसारमा बनेका फास्टेस्ट स्कूटरमध्ये पर्नेछ ।

होन्डा ग्राजिया


होन्डा ग्राजिया भारतीय बजारमा गत कात्तिक महिनामा लञ्च भएको थियो । सुरुको २१ दिनको अवधिमै १५ हजार ग्राजिया बिक्री भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

होन्डाले स्टाइलिस र पर्पmर्मेन्स मन पराउने ग्राहकका लागि यो सेगमेन्टकै आक्रर्षक फिचर र स्टाइल भएको स्कूटर भएका कारण धेरैले मन पराएको दावी गरेको थियो । तर, अहिले यसप्रति युवाको आक्रर्षणमा कमिआएको जस्तो देखिन्छ ।

अटोमेटिक एलईडी हेडलाइट भएको यो पहिलो स्कूटर हो । त्यसैगरी, थ्री स्टेप ईको स्पीड इन्डिकेटर छ, जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ र माइलेज बढाउँछ । सिट ओपन गर्नका लागि ‘फोर इन वान लक’ छ । त्यसैगरी, यसमा अल–डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर र स्मार्टफोन चार्ज गर्न मिल्ने फ्रन्ट पकेटसमेत छ ।

होन्डाको एक्टिभामा प्रयोग गरिएको १२५ सीसी एयरकुल्ड फोर स्ट्रोक इञ्जिन नै यसमा पनि प्रयोग गरिएको छ । यसले ८.५२ बीएचपी पावर र १०.५४ एनएम टर्क प्रदान गर्छ । यसको ह्वील बेस १,२६० एमएम छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ ।

नेपालमा

नेपाली बजारमा होन्डा ग्राजियाको बिक्री–वितरण भइरहेको छ । स्याकार कम्पनीले बिक्री–वितरण गरिरहेको यो स्कूटर नेपाली बजारमा डेढ महिना अगाडि आएको हो ।

टीभीएस एनटर्कको नेपाली बजारमा टीभीएस इन्डियाले टेष्ट राईड गरिरहेको बुझ्नमा आएको छ । कम्पनीले आधिकारीकरुपमा केही नभने पनि आगामी अक्टोवर महिनामा नेपाली बजारमा सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ ।


Back_to_top