काठमाडौं । प्रिमियम एसयूभीको रुपमा २४ वर्षपछि सेभ्रोले ‘ब्लेजर’ जनरल मोटरको ट्यागमा बजारमा फर्कने तयारी गरिरहेको छ । त्यसको लागि अझै केही महिना भने कुर्नुपर्ने हुन्छ । सेभ्रोले एफएनआरएक्सबाट प्रभावित यस ब्लेजर २०१९ स्पोर्टी आवरणमा उपलब्ध हुनेछ ।
यस कारमा साँघुरो एलईडी हेडलाइट, फैलिएको ब्ल्याक ग्रिल दिइएको छ । जसले कारलाई निकै आक्रर्षक बनाएको छ । इक्वीनक्स र ट्राभर्सको मिश्रणजस्तो देखिने सेभ्रोलेको पोर्टफोलियोमा लामो समयदेखिको खडेरी तोड्दै नयाँ प्रडक्ट थपिनेछ । क्याडालिक एक्सटी ५ र जीएमसी एकेडियासँग सी–१ एक्सको प्लाटर्फममा पनि यसको हिस्सेदारी रहन्छ ।
इञ्जिन
जनरल मोटर्सको यो मध्यमखालको क्रसओभर दुई इञ्जिन भेरियन्टमा उपलब्ध हुनेछ । एउटा कारमा २.५ लिटरको ४ स्टोक इञ्जिन दिइएको छ । जसले १९३ एचपी पावर र १८४ एलबी टर्क उत्पादन गर्छ ।
अर्को कारमा ३.६ लिटर भी–६ इञ्जिन दिइएको छ । यो इञ्जिन निकै पावरपूmल रहेको, जसले ३०५ एचपी पावर र २६९ एलबी टर्क उत्पादन गर्छ । यी दुबै इञ्जिनलाई जीएम ९ स्पीड अटो ट्रान्समिसनले जोडेको छ ।
यी दुबै इञ्जिनलाई अल ह्वील ड्राइभ वा फोरह्वील ड्राइभ गर्न सकिनेछ ।
इन्टेरियर
कारको इन्टेरियर सेभ्रोले क्यामारोबाट प्रभावित भएको छ । सुपर स्पोर्टी क्यामारोबाट कम्पनीले बीचभागमा राखिएको डिस्प्ले, गोलाकार एचभीएसी भेनजस्ता विशेषता यसमा ल्याएको छ ।
यसको केही यस्ता आश्चर्यजनक भित्री साजसज्जा छ, त्यसले कारप्रति मानिसलाई आक्रर्षण गर्न सक्छ । विद्युतीय प्रणालीबाट चल्ने ग्लब बक्स, हिटेड स्टेयरीङ ह्वील, प्रिमियम मोडलमा हिटेड रियर सिट, क्रुज कन्ट्रोल, हिटेड कुल्ड फ्रन्ट सिटजस्ता विशेषता रहेका छन् ।

