भारतमा होन्डाले बन्द गर्यो ब्रियोको उत्पादन, यस्तो छ कारण

इकोनोमिक्स टाइम्सकाअनुसार होन्डाले आफ्नो इन्ट्री लेवल कार ब्रियोको उत्पादन बन्द गरेको छ । साथै, कम्पनीले तत्काल नयाँ ब्रियोको कुनै तयारी नभएको समेत उल्लेख गरेको छ । 

भारतीय बजारमा ४ लाख ७३ हजार रुपैयाँदेखि ६ लाख ८२ हजार भारतीय रुपैयाँसम्ममा बिक्री गरिरहेको थियो भने, ब्रियो नेपाली बजार २९ लाख २५ हजार रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ । 

होन्डाले ब्रियो पहिलो पटक सेप्टेम्बर २०११ मा सार्वजनिक गरेको थियो । होन्डाकै सबैभन्दा सस्तो मोडल बनेको यो कार सुरुमै ५ हजारभन्दा बढी यूनिट बुकिङ भएको थियो । कम्पनीले ब्रियोलाई अक्टोबर २०१६ मा केही परिर्वतन गरेको थियो । 

कम्पनीको मासिक बिक्री विबरण अनुसार औषत प्रतिमहिना जम्मा १३४ यूनिट मात्रै बिक्री गरेको छ । 

अक्टोबर २०१८ मा कम्पनीले जम्मा २७ यूनिट मात्रै बिक्री गरेपछि यसको उत्पादनको बारेमा सोच्न बाध्य भएको अनुमान गरिएको छ । 

होन्डा ब्रियोमा १.२ लिटर फोर सिलिन्डर आइ–भीटीइसी इन्जिन रहेको छ । यस इन्जिनले ८८ पीएस पावर र १०९ एनएम टर्क प्रदान गर्छ ।  यसमा ५ स्पीड अटोमेटिक तथा ५ स्पीड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ । 

यस गाडीको म्यानुअल भर्सनको फ्यूल क्षमता १८.५ किलोमिटर प्रतिलिटर रहेको छ भने अटोमेटिक भर्सनको फ्यूल क्षमता १६.५ किलोमिटर प्रतिलिटर माइलेज दिने छ ।  

कम्पनीले सेकेन्ड जेनेरेशन होन्डा ब्रियो गत अगष्टमा इन्डोनेशियामा सम्पन्न जीआईआईएएस २०१८मा सार्वजनिक भएको थियो । 


Back_to_top