होण्डाले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरमा मूल्य वृद्धि भएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर मूल्य मोडल अनुसार १ हजारदेखि ५ हजार रुपैयाँसम्म बढाएको हो ।

कम्पनीले होण्डा एनएक्स २०० को मूल्य सबैभन्दा धेरै ५ हजार रुपैयाँ बढाएको छ । यसअघि ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको एनएक्स २०० को मूल्य बढेर ४ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीले हर्नेट २.० मोटरसाइकलको मूल्य ४ हजार बढाएर ४ लाख ६९ हजार ९०० रुपैयाँ पुर्याएको छ । कम्पनीले केही समय अघिमात्रै यसको मूल्य एकैपटक ३४ हजार रुपैयाँ घटाएको थियो ।

कम्पनीले होण्डा एसपी १२५ को दुवै भेरियन्टको मूल्य ४ हजार रुपैयाँ बढाएको छ । कम्पनीका अनुसार एसपी १२५ डीडीएसको नयाँ मूल्य २ लाख ९६ हजार ९०० र डीआरएसको २ लाख ८६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

कम्पनीले स्कुटरतर्फ भने डिओ ११० बीएस ४ डीएलएक्स भेरियन्टमा ३ हजार रुपैयाँ, डिओ १२५ बीएस ६ डीएलएक्स र एसटीडी भेरियन्टमा १ हजार रुपैयाँ मूल्य बढाएको छ । यी तीनै भेरियन्टका स्कुटरको नयाँ मूल्य क्रमशः २ लाख ३४ हजार ९०० रुपैयाँ, ३ लाख १९ हजार ९०० रुपैयाँ र ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

 


Back_to_top