नयाँ रेन्ज, फिचर र लुक्समा नेपाल आउँदै नेक्सन ईभी

काठमाडौं । टाटाको सर्वाधिक सफल एसयूभी नेक्सन ईभी नउाँ फिचर, रेन्ज र लुक्सका साथ पुनः बजारमा आउने भएको छ । भारतीय बजारमा बिक्री वितरण हुँदै आएको फेसलिफ्ट नेक्सनको ठूलो ब्याट्री साइज भएको नेक्सन नेपाल आउने भएको हो ।

‘अहिले भारतमा नयाँ ४५ किलोवाट आवरको ब्याट्रीमा नेक्सन आएको छ । अब अन्य प्रतिस्पर्धी सरहको रेन्जमा यसले दिनेछ । चाँडै नेपालमा यसको बिक्री सुरु गर्नेछौं’, सिप्रदी ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।

नेपालमा नयाँ नेक्सनको ठ्याक्कै बिक्री सुरु हुने मिति बाहिर नआएपनि आगामी जनवरीबाट बजारमा उपलब्ध हुने अनुमान लगाउन सकिन्छ । आगामी वर्ष विद्युतीय कारको बजार निकै प्रतिस्पर्धी हुने देखिइरहेको समयमा टाटाको सफल मोडल अपग्रेड भएर आएको हो ।

निकै पहिला भारतमा नेक्सन ईभीको फेसलिफ्ट बिक्री सुरु भएपनि नेपाल आएको थिएन । अबभने कम्पनीले यसलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको हो ।

टाटाले अहिले नेक्सन ईभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिएको छ । यसअघि ३५ र ४० किलोलोवाट आवरका दुई ब्याट्री अप्सनमा नेक्सन उपलब्ध थियो ।

भारतमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री भएको नेक्सनको नयाँ मोडललाई विभिन्न तीन भेरियन्टमा बिक्री सुरु गरिएको छ । सुरुवाति भेरियन्टको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको टप भेरियन्टको मूल्य भने १६ लाख ९९ हजार भारतीय रुपैयाँ छ । नेपालमा कति मूल्य पर्छ अहिल्यै भन्न सकिदैन ।

टाटाले पहिलो पटक नेक्सन ईभीमा पानारोमिक सनरुफको प्रयोग गरेको छ । टाटाले ब्याट्री र फिचर थप गरेर ल्याएको नेक्सन ईभीको मूल्य भारतमा ६० हजारले घटाएको हो ।

टाटा मोटर्सका अनुसार नयाँ ब्याट्रीमा यसअघिको तुलनामा १५ प्रतिशत बढी इनर्जी डेन्सीटी छ । साथै, फास्ट चार्जर सपोर्टको मामलामा पनि उत्कृष्ट छ । नयाँ ४५ किलोवाट आवरको ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ४८ मिनेट लाग्नेछ ।

कम्पनीले आफ्नो तीनवटै ब्याट्री अप्सनलाई निरन्तरता दिने जनाएको छ ।


Back_to_top