बीवाइडीको यू-८ राइट ह्याण्ड ड्राइभमा तयार हुँदै, आउला नेपाल ?

काठमाडौं । बीवाइडीको स्वामित्वमा रहेको प्रिमियम ब्राण्ड ‘याङवाङ’को पहिलो एसयूभी यू-८ को राइट ह्याण्ड ड्राइभ मोडल तयार हुँदैछ । कम्पनीले अहिले चीनमा यसको परीक्षण गरिरहेको तस्वीरहरू बाहिर आएका छन् ।

केही महिना अघि एकजना चिनियाँ व्यापारीले नेपाल ल्याउँदा निकै चर्चा पाएको याङवाङ यू-८ मोडल नेपालमा बिक्री हुनेगरी आउँछ वा आउँदैन एकिन छैन । यसको चीनमा सुरुवाती मूल्य नै १ लाख ५० हजार ६ सय अमेरिकी डलर भएको कारण बिक्रीकै लागि आउनेमा शंका छ । नेपाल नआउन सक्ने अर्को कारण यो एसयूभी प्लगइन हाइब्रिड मोडल हो । यसमा कर धेरै लाग्छ र मूल्य ८ करोड हाराहारी पुग्न सक्छ ।

याङवाङ यू-८को लम्बाइ ५३१९ एमएम, चौडाइ २०५० एमएम र उचाइ १९३० एमएम रहेको छ । यसमा ३०५० एमएम लामो ह्वीलबेस रहेको छ । चारैवटा चक्कामा छुट्टा छुट्टै मोटर (क्वाड मोटर) सेटअप रहेको यो एसयूभीले संयुक्त पावर १२०० हर्सपावर जेनेरेट गर्छ । यो एसयूभीले केवल ३.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रति घन्टाको स्पीड भेट्टाउन सक्छ ।

यू-८मा एउटा प्लगइन हाइब्रिड एसयूभी हो । कम्पनीले यसमा ४९.०५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसलाई फुलचार्जमा १८० किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यस्तै, यसमा रहेको फुल ट्याङ्क पेट्रोल र इलेक्ट्रीको संयुक्त रेन्ज भने १००० किलोमिटर हुने कम्पनीले जनाएको छ ।

बीवाइडीले गत जनवरी ५ मा याङवाङ ब्राण्ड सार्वजनिक गरेको थियो । उक्त समयमा ई ४ टेक्नोलोजी भएको यू-८ र यू-९ मोडलसमेत प्रदर्शनी गरिएको थियो । ई४ चाइनाको पहिलो मासप्रोडक्सन क्वाड मोटर इन्डीपेन्डेन्ट ड्राइभ टेक्नोलोजी प्लेटफर्म बनेको एसयूभी हो । यसमा चारै चक्कालाई फरक फरक दिशा र गतिमा एकैपटक चलाउन सक्ने भेक्टर कन्ट्रोल टेक्नोलोजी रहेको छ ।

यू-८को प्रिमियम एडिसन र अफरोड मास्टर एडिसन गरी दुई भेरियन्ट छ । प्रिमियम एडिसनमा १० फरक डाइभिङ मोडका साथै ट्याङ टर्न, फ्लिङ सहित ५ वटा फड्सन रहेको छ ।


Back_to_top