कम मूल्यको नयाँ मोटरसाइकल बजारमा उतार्दै होन्डा

सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा सर्वाधिक सफल ब्राण्ड होन्डाका स्कुटर र मोटरसाइकल निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ । तर, भारतमा स्कुटर सेग्मेन्टमा अब्बल होन्डाले सोचेजस्तो संख्यामा मोटरसाइकल विक्री गर्न नसकेपछि नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको हो ।

पछिल्ला दिनमा नेपालमा पनि होन्डाको सर्वाधिक विक्री स्कुटर नै हो । होन्डा मोटरसाइकल इन्डियाले इन्ट्री लेभल सेग्मेन्टमा मोटरसाइकलको सम्भावना सम्बन्धी गरेको सर्भे पुरा भएसँगै नयाँ मोटरसाइकलको तयारी सुरु भएको हो । कम मूल्यका धेरै खोजिने मोडल आफुसँग नभएको भन्दै त्यसको उत्पादनलाई जोड दिने योजना बनाएको हो ।

अब होन्डाले आफ्नो सफल हुन नसकेको सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ११० को सट्टामा नयाँ मोडल तत्काल ल्याउने योजना बनाएको हो । साथै, कम्पनीले पछिल्ला दिनमा कमजोर बन्दै गएको एक्स-ब्लेड र यूनिकर्नको पनि परिमार्जन वा परिवर्तनको विषयमा तयारी थालने जनाएको छ ।

भारतमा हिरो र होन्डा छुट्टिएपछि हिरोले मोटरसाइकल सेग्मेन्टमा आक्रामक बजार विस्तार गरिरहेको छ । हिरोसँग सबैभन्दा धेरै माग हुने १०० देखि १५० सीसी सेग्मेन्टमा धेरै प्रोडक्ट भएको कारण सफल भएको र होन्डा सिमित मोडलमा भरपर्दा बजारमा कमी आएको रिपोर्टले देखाएसँगै नयाँ मोडलमा अग्रसर भएको हो ।

होन्डाले भारतमा १६ प्रतिशत मोटरसाइकलको बजार हिस्सा ओगट्दा स्कुटरको बजार हिस्सा भने ६० प्रतिशत ओगटेको छ ।


Back_to_top