आजबाट हुन्डाई आयोनीक-५ को विक्री सुरु, यस्तो छ दुई भेरियन्टको मूल्य

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजबाट आधिकारीक रुपमा विक्री सुरु गर्न लागेको इलेक्ट्रीक एसयूभी आयोनिक ५ दुई भेरियन्टमा नेपाल आएको छ ।

कम्पनीले नेपाल ल्याएको आयोनीक ५ सोलार सहितको मूल्य ८१ लाख ९६ हजार र सोलार नभएको भेरियन्टको ८० लाख ९६ हजार मूल्य निर्धारण गरेको छ । तर, म्याट कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ ।

शोलार भएको गाडी गाडी किन्ने ग्राहकले वार्षिक २ हजार किलोमिटर गुड्ने यसको छतमा जडान गरेको शोलार प्यानलले उज्यालोको माध्यमबाट नै व्याट्री रिचार्ज गर्ने टेक्नलोजी प्रयोगमा ल्याएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याएको आयोनिक ५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । यसले ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्न सक्छ । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटरभन्दा माथि रेन्ज दिने कम्पनीले जनाएको छ ।


Back_to_top