जीपले खोल्यो पोखरामा नयाँ शोरुम

पोखरा । नेपालका लागि जीप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लू लाइफले पोखरामा नयाँ विश्वस्तरीय शोरुम संचालनमा ल्याएको छ । ‘प्रिमियम अटो ग्रुप’ले संचालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जीपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ प्रदान गर्ने कम्पनीको दावी छ ।

गण्डकी प्रदेशको पहिलो जीप शोरुमको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्रतासँग जोडिएको विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु उल्लेखनीय कुरा भएको बताए ।

त्यसैगरी, नाडाका अध्यक्ष ध्रुव थापाले जीप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई शुभकामना दिएका थिए ।

एमएडब्लू लाइफका सीईओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जीप शोरुमको अपेक्षा गरिरहेको र त्यहि अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस भएको धारणा राख्दै उनले भने, ‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जीप लाइफमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ ।’

प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।

जीप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लू लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ । जीपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा शोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ ।


Back_to_top