काठमाडौं । जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले १६० सीसी क्षमताको नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले थाइल्यान्डमा पीसीएक्स १६० म्याक्सी स्कुटर सार्वजनिक गरेको हो ।
यो स्कुटर कम्पनीले गत वर्ष जापानमा सार्वजनिक गरेको थियो । कम्पनीले थाइ भाट ९१ हजार ९०० मूल्य राखेर सार्वजनिक गरेको हो ।
यो स्कुटरले अप्रिलिया एसएक्सआर १६० सँग प्रतिस्पर्धा गर्नेछ । होन्डा पीसीएक्स १६० मा १५६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १५.८ पीएस पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले २०२१ होन्डा पीसीएक्स म्याक्सी स्कुटर स्पोर्टी देखिएको छ । यसको हेडलाइट तथा टर्न इन्डिकेटरले यसलाई स्पोर्टी लुक्स दिएको छ । यसमा स्टेप अप सिट, अपसाइड एक्जष्ट, स्टाइलिस फ्लोरबोड जस्ता डिजाइन रहेको छ । यसको टेललाइटलाइ एक्स सेप डिजाइनमा रहेको छ भने यो स्कुटमा फुल डिजिल इन्ट्रुमेन्ट कलष्टर दिइएको छ ।

