गाडी किन्न ७.९९% व्याजदरमा कर्जा, ५ वर्ष व्याजदर परिवर्तन नहुने

काठमाडौं । गाडी किन्न ५ वर्षसम्म परिवर्तन नहुने व्याजदरमा नविल बैंकले कर्जा दिने भएको छ । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङ र नविल बैंक बीच भएको समझदारी पछि कियाका कार किन्न चाहने ग्राहकलाई नविल बैंकले ७.९९ प्रतिशत व्याजदरमा कर्जा दिने योजना ल्याएको हो ।

पाँच वर्षसम्म व्याजदरमा परिवर्तन नगर्नेगरि कियाका गाडीमा नविल बैंकले कर्जा दिन लागेको बैंकले जनाएको छ । बैंकले सबै कागजपत्र पुरा गरेर कर्जा प्रकृया सुरु गरेको खण्डमा २४ घन्टा भित्रै कर्जा स्वीकृत गर्न सकिने बताएको छ ।

कर्जा आवेदन गर्दा गाडीको कोटेशन, नागरिकताको फोटोकपी, फोटो, नविल बैंकमा खाता, आम्दानीको स्रोत खुल्ने डकुमेन्ट, मासिक तलव जम्मा हुने बैंक खाताको स्टेटमेन्ट, काम गर्ने सम्बन्धीत कम्पनीबाट पाउने मासिक तलव प्रमाणित गरेको कागज जस्ता डकुमेन्ट तयार गर्नु पर्ने हुन्छ ।

कियाले अहिले विशेषत स्पोर्टेज, सेल्टोस, सोनेट, निरो इभी जस्ता एसयूभी नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले विक्री गर्ने एसयूभीहरु ३५ लाखदेखि १ करोड १० लाखसम्म मूल्य कायम भएका छन् ।


Back_to_top