काठमाडौं । होण्डाले डोङफेङसँगको सहकार्यमा चीनमा नयाँ एसयूभी लन्च गरेको छ । होण्डा ‘एस-७’ नाम दिएर ल्याएको इलेक्ट्रीक एसयूभी दुई भेरियन्टमा उपलब्ध गराएको हो ।
रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध एस-७ मा २०० किलोवाटको मोटर रहेको छ । यसको अलह्वील ड्राइभ भर्सनमा भने फ्रन्टमा पनि १५० किलोवाटको मोटर दिएको छ ।
होन्डाले एस-७ एसयूभीमा सीएटीएलले उत्पादन गरेको टर्नरी ब्याट्री प्याक दिएको छ । यसमा ८९.८ किलोवाट आवरको ब्याट्री दिएको छ । उक्त ब्याट्रीको रियर ह्वील भेरियन्टले ६५० र अल ह्वील मोटर भएको भेरियन्टले ६२० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
होण्डा एस-७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम, उचाइ १६२५ एमएम छ । यसमा २९३० एमएम लामो ह्वील वेस दिएको छ । यो कारको स्ट्याण्डर्ड मोडलमा १९ इन्च तथा टप मोडलमा २१ इन्चको ह्वील दिइएको छ ।
जापानी ब्राण्डले क्याविनमा २४ इन्चको इन्फोटेन्मेन्ट स्कृन र ९.९ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर तथा ४१.९ इन्चको अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले दिएको छ । यसमा हिटेड सिट तथा स्टेरिङ ह्वील दिएको छ । म्युजिकको लागि होण्डाले यसमा १६ वटा वोसको स्पीकर छ ।
होण्डा एस-७ मा हाइवे पाइलट असिस्ट होण्डा सेन्सिङ ३६० प्लस स्मार्ट ड्राइभिङ सोलुसन रहेको छ । यसमा हाइवेका लागि अटोमेटिक फलोइङ, अटोमेटिक ओभरटेकिङ जस्ता फिचर दिएको छ ।
ढिलोगरी चिनियाँ बजारमा आफ्नो एसयूभी उतारेको होण्डाले एस-७ एसयूभीको मूल्य चीनमा टेस्ला मोडल वाई जतिकै ३५ हजार ८४० डलर कायम गरेको छ ।

