काठमाडौं । होन्डा साइन नेपालमा निकै रुचाइएको १२५ सीसी क्षमताको मोटरसाइकल हो । अहिले कम्पनीले यसको बीएस ६ मोडल उत्पादन सुरु गरिसकेको छ । यस्तोमा आगामी नाडा अटो शो २०२० सम्ममा यो मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ ।
निकै शार्प तथा स्पोर्टी लुक्समा आएको उक्त मोटरसाइकल नयाँस्वरुप, डिजाइन तथा इन्जिनमा आएको हो ।
यो मोटरसाइकल ड्रम र डिस्कगरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । नेपालमा यसको बीएस ४ मापदण्ड अनुसारको इन्जिनयुक्त रेगुलर मोडलको बिक्री भइरहेको छ । अब आउने नयाँ साइन पहिलेभन्दा केही महंगो हुनेछ ।
मोटरसाइकलमा स्मार्ट पावर टेक्नोलोजिको साथै फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ । कम्पनीले इन्जिनको सिस्टम मात्रै नभई पर्फमेन्स तथा फ्युल इकोनमीमा समेत सुधार गरेको छ । यसको इन्जिन बीना आवाज स्टार्ट हुने कम्पनीले जनाएको छ ।
मोटरसाइकलमा उपलब्ध इन्जिनले ७५ सय आरपीएममा १०.७२ बीएच पावरका साथै ६ हजार आरपीएममा १०.९ एनएम टर्क उत्पादन गर्छ । रेगुलर मोडलको तुलनामा यो इन्जिनले १६ प्रतिशत बढि माइलेज दिने कम्पनीले जनाएको छ ।
होन्डा सिबी साइनको लम्बाई ,चौडाई र उचाई पुरानो मोडलको तुलनामा बढी रहेको छ । देख्दा सार्प देखिने यो मोटरसाइकलमा नयाँ एलइडी हेडल्याम्प सेटअप, मस्क्युलर फ्युल ट्यांकी, स्पोर्टी लुक सहितको ग्राफिक्स, पाँच स्पोक अलोय ह्वील, क्रोम शिल्डको साथै नयाँ एग्जस्ट लगाइएको छ । मोटरसाइकलको रियर लुक्स निक्कै बोल्ड बनाइएको छ ।
यसमा साइलेन्स स्टार्ट एसिजी स्टार्टर मोटर लगाइएको छ भने, यो सेग्मेन्टका अन्य मोटरसाइकलमा यस्तो फिचर उपलब्ध छैन । मोटरसाइकलमा नयाँ स्विच गियर र इन्र्टग्रेटेड पास स्वीचको विशेषता दिइएको छ ।
मोटरसाइकलको दायाँ र बायाँमा हाइ बीम र इन्जिन स्र्टाट स्टप बटन लगाइएको छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
उक्त इन्स्ट्रुमेन्ट क्लस्टरमा गियर पोजिशन इन्डीकेटर, डबल ट्रिप मिटर, एभरेज फ्युल इकोनमी इन्डीकेटर, डिस्टेन्स टु इम्पटी तथा सर्भिस ड्यू इन्डिकेटरको विशेषता उपलब्ध रहेको छ ।


