होन्डा साइनमा एफआई इन्जिन, बढ्यो पावर

होन्डाले बीएस ६ इन्जिनयुक्त सिबी साइन एसपी मोटरसाइकललाई भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले परिमार्जित पावर ट्रेनसहित ल्याएको यो बाइकको लो भेरियन्टको मूल्य ७२ हजार र हाइ भेरियन्टको मूल्य ७८ हजार भारु निर्धारण गरेको छ । 

फ्युल इन्जेक्टेड प्रणालीमा आधारित नयाँ इन्जिनले माइलेज बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

आइडिलिङ स्टार्ट/स्टप सिस्टम सहित आएको यो मोटरसाइकलको डायमेन्सन र डिजाइन समेत केही परिमार्जन गरिएको छ । पुरानो मोडलभन्दा केही ठूलो, फराकिलो तथा लामो देखिने यो बाइकको ह्वील वेशलाई केही बढाइएको छ । 

दुई भेरियन्टमा आउने यस मोटरसाइकलको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ । यसमा अल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प लगायतका विशेषता समेटिएको छ ।

यसमा उपलब्ध नयाँ इन्जिनले ७५ सय आरपीएममा १०.७ बीएच पावरका साथै ५५ सय आरपीएममा १०.३ एनएम टर्क उत्पादन गर्छ । पुरानो मोडलमा उपलब्ध इन्जिनको तुलनामा यो इन्जिनले बढी पावर दिने कम्पनीको दाबी छ ।


Back_to_top