काठमाडौं । होण्डाको नयाँ मोटरसाइकल एसपी १२५ को मूल्य सार्वजनिक भएको छ । कम्पनीले नाडा अटो शो २०२३ मा प्रदर्शन गरेको होण्डा साइनको मूल्य सार्वजनिक गरेको हो ।
भारतीय बजारमा सार्वजनिक हुनुभन्दा अघि नै नेपाली बजारमा सार्वजनिक भएको एसपी १२५ को बिक्री भने सुरु भएको छैन् ।
होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङ कम्पनीले दुई भेरियन्ट एसपी १२५ को मूल्य सार्वजनिक गरेको हो । कम्पनीले एसपी १२५ डीआरएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एसपी १२५ डीएसएसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
नाडाले हालै सार्वजनिक गरेको मूल्यसूचीमा होण्डाको एसपी १२५ को मूल्य समावेश गरिएको छ ।
कम्पनीले मूल्य सार्वजनिक गरे पनि यसको बिक्री सुरू हुन अझै केही समय लाग्नेछ । होण्डा एसपी १२५ मा १२३.९४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
साइनभन्दा स्पोर्टी लुक भएको एसपी १२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
नयाँ एसपी १२५ मा अलोय ह्वील, आकर्षक एलईडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ । यसले टीभीएस स्टाइकर, यामाहा सलुटो र हिरो स्प्लेन्डरजस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

