चीनको विषेश प्रसाशनीक क्षेत्र हङ्गकङ्गको प्रमुख कार्यकारी श्रीमती कारी लाम हुन् । चीनको स्वायत्त क्षेत्र हङकङले पहिलोपटक महिला नेतृत्व पाएको हो ।
बाह्र सय प्रतिनिधिले हङकङकको कार्यकारी नेता चुन्ने गरेका छन् । जसको प्रजातन्त्रवादी कार्यकर्ताहरूले विरोध गर्दै अएका छन् ।
सन् १९९७ मा सय वर्षे ब्रिटेनको साशनपछि चीनलाई फिर्ता गरिएको हङकङ त्यस पश्चात चीनको बिषेश प्रशासनिक क्षेत्रको रुपमा रहदै अएको छ ।
सन् २०१७ को जुलार्इमा निर्वाचित कारी लाम हङकङको चौथो तथा प्रथम महिला कार्यकारी हुन् । हङकङको प्रमुख कार्यकारीले चड्ने अफिसीयल कारमा नम्बर प्लेट हुँदैन । यो ब्रिटिसहरुको पालादेखि नै चल्दै आएको चलन हो ।
उनको गाडिमा हङकङको सरकारी छाप (जुन हङकङ अर्किड हो) रहने गरेको छ ।
हङकङको कार्यकारीले चड्ने गाडि जापानी मोटर कम्पनी टोयोटाको प्रिमीयम ब्राण्ड लेक्ससको एलएस ६०० एच एल हाईब्रीड कार हो । ८ सिलीन्डर भएको यो कार पूर्णत हाईब्रिड कार हो ।
पेट्रोल तथा इलेक्ट्रीसिटी दुबैबाट चल्न सक्ने यो कार बाहेक उनीसँग मर्सडीजको एस ५०० एल गाडिसमेत रहेको छ ।

