कसरी किन्ने पहिलो कार ? जान्नुहोस् ७ कुरा

काठमाडौं । प्राय: मानिसको शौखको विषय हो कार खरिद गर्नु, त्यसमा पनि पहिलाे कार किन्नु । बजारमा मानिसको चाहाना, बजेट र शौखलाई मध्यनजर गर्दै अत्याधिक सुविधा सम्पन्नदेखि मध्यमस्तरका तथा महङ्गादेखि न्युन मूल्यसम्मका कार उपलब्ध छन् । 

नेपाली बजारमै पनि दुई दर्जन ब्रान्डका सयौं मोडेल कारहरू उपलब्ध छन् । जसका कारण कार खरिद गर्ने समयमा कुन कार किन्ने भन्ने अन्योल हुनसक्छ । जुन स्वभाविक पनि हो । 

नयाँ कार किन्नु एक अनौठो अनुभव पनि हो । त्यसैले पनि कार किन्नुभन्दा अगाडि धेरै कुराहरू विचार गर्न आवश्यक हुन्छ । त्यसैले तपाईलाई कार छनोटमा सहयोग पुर्याउन हामी केही टिप्स दिदैछौ । 

ग्यारेजको स्पेश

कार खरिद गर्नुपूर्व आफ्नो कार पार्किङ गर्ने स्थान वा ग्यारेज कत्रो, कस्तो छ भन्ने ध्यानमा राख्नुपर्छ । कारलाई सुरक्षित रुपमा राख्न मिल्ने ग्यारेज छ छैन, सोही अनुरुप कार छनौट गर्नुपर्छ । 

बजेट

आफ्नो क्षमता अनुरुप कति मूल्यसम्मको कार खरिद गर्ने योजना बनाउनुपर्छ । आफुले कति मूल्यसम्मको कार खरिद गर्न सकिन्छ सोही अनुरुप बजेट तयार पार्नुपर्छ । बजेट अनुसारकै कार हेर्नु उपयुक्त हुन्छ ।

कारको प्रकार

कारको प्रकार कस्तो, कुन कम्पनीको, डिजेल, पेट्रोल वा इलेक्ट्रीक मध्ये कुन अप्सनको भन्ने निचोडमा पुगेपछि मात्रै कार किन्नु उचित हुन्छ । कारमा कति ओटा एयरब्याग छ, एबीएस लगायत सुरक्षा सम्बन्धी विशेषता छन्, सबैको जानकारी लिनुपर्छ । 

यतिमात्रै नभई अन्य समान मूल्यका ब्रान्डका गाडीमा समावेश विशेषता छ वा छैन भन्ने विषयमा ध्यान दिनुपर्छ । आफ्टर सेल्स सर्भिस, डिलरशिप साबैको जानकारी लिनुपर्छ ।  

खरिद गर्ने समय

कुन समयमा नयाँ कार किन्दा उचित हुन्छ भन्ने निर्णय लिनुपर्छ । विशेषत चाडबाड, वा सम्बन्धित कम्पनीले अफर ल्याएको बेला तथा, मेला लागेको समयमा कार किन्नु उचित हुन्छ । 

टेस्ट ड्राइभ

कार छनौटपछि कारको एस्केलेरेशन, ब्रेकिंग, एसी, स्पीड, टर्निङ रेडियस, पार्किङ सबै कुराबारे बुझ्न कारको टेस्ट ड्राइभ गर्नुपर्छ । साथै, परिवारको कुनै सदस्य, साथी वा नातेदारसँग कारबारे छलफल गर्न सकिन्छ । कार छनौटपछि, डिलरशिपसँग सबै सम्झौता गर्नुपर्छ । 

सेलिङको डिलिङ

कार किन्नुअघि फाइनान्सको अप्सन, इन्स्योरेन्स, कारको परिक्षण, डकुमेन्टेशन, बिलबुक, वारेन्टी, ग्यारेन्टी लगायतका पक्षको डिल गर्नुपर्छ । 

डेलिभरि पूर्व ध्यान दिने कुरा

कार डेलिभरि लिनुपूर्व पहिलो सर्भिसिङको डेट फिक्स गर्नुपर्छ । साथै कारको सबै म्यानुअल राख्नुपर्छ । 


Back_to_top