लकडाउनमा थन्किएका मोटरसाइकल र कारको टायर यसरी गर्नुस् सफा, थाहापाउनुस् ५ चरण

काठमाडौं । अहिले लकडाउनमा तपाईले आफ्नो सवारीसाधन घरमा नै थन्काएर राख्नु भएको छ । यस्तो समयमा तपाईको टायरमा हेरचाह पुगेन भने टायर कम्जोर हुने गर्छ ।

हामीले सवारीसाधनको सरसफाई गर्दा पनि टायरमा धेरै ध्यान पुगेको हुँदैन । तर, टायर सफा नगरि वास्तविक गाडीको आकर्षण आउँन सक्दैन । त्यसैले कार होस् वा मोटरसाइकल विशेषत यसको टायर राम्रोसँग सफा गर्नु पर्ने हुन्छ ।

त्यसैले तपाईले घरमा सवारीसाधनको टायर सफा गर्दा निम्न कुरामा ध्यान दिएको खण्डमा तपाईको सवारीसाधनको टायर निकै चम्कीलो र आकर्षक रहन्छ ।

१. तपाई आफ्नो मोटरसाइकल वा कारको टायर चम्कीलो बनाउन चाहनु हुन्छ भने सबैभन्दा पहिला टायर क्लिनर किनेर ल्याउनुहोस् । बजारमा विभिन्न ब्राण्डका टायर क्लिनर पाउन सकिन्छ ।

२. सवारी साधनको टायर सफा गर्दा जहिलेपनि छाँया पर्ने स्थानमा राखेर सफा गरौं, त्यसले तत्कालै क्लिनर सुक्न पाउँदैन र तपाईले राम्रोसँग मिलाएर सफा गर्न सक्नु हुन्छ ।

३. क्लिनर बिक्रेता कम्पनीले बिक्री गर्दा तोकेको परिमाणमा टायर क्लिनरको प्रयोग गरौं । ह्वीलको अन्य भागमा पर्न दिनु हुँदैन । यदि परेको खण्डमा त्यसको सफाई तत्काल गर्नु पर्छ ।

४. यसरी सफा गर्दा तपाईको टायर पूर्ण सफा भएको देखिएपछि १० देखि २० मिनेसम्म सुक्न दिनु उपयुक्त हुन्छ । पूर्णरुपमा नसुकेको अवस्थामा सवारी साधन चलाउँदा फोहोर टाँसिने सम्भावना बढ्छ । त्यसले तपाईले सोचे जस्तो टायर सफा नहुँन सक्छ ।

५. यसरी सफागर्दा तपाईको चित्त बुझ्दो तरिकाले सफा नभएमा तपाई दोस्रो कोटको रुपमा यसको प्रयोग गर्न सक्नु हुन्छ । दोस्रो कोट पछि तपाईको मोटरसाइकल वा कारको टायर पुरै चम्कीने हुन्छ ।


Back_to_top