काठमाडौं । प्रविधिको प्रयोग सवारीसाधनमा समेत धेरैभन्दा धेरै हुने गरेको छ । मोटरसाइकललाई सावरीको रुपमा मात्र नभई स्पोर्टसको रुपमा पनि प्रयोग गरिने गरेको छ । यसका लागि कम्पनीले मोटरसाइकलमा नयाँ प्रविधिको विकास तथा प्रयोग गरिरहेका छन् ।
कुनैपनि सवारीसाधनको मूख्य पाटो भनेको इन्जिन नै हो । कम्पनीले आफ्नो सावरीसाधनको बाहिरी बनावट साथै इन्जिनको निर्माणका लागि बिशेष ध्यान दिने गरेका हुन्छन् । हरेक इन्जिनमा कुलिङ सिस्टम रहेको हुन्छ । जसले इन्जिनलाई चिसो बनाउन मद्धत गर्छ । यो कुलिङ सिस्टम ३ प्रकारको हुन्छ ।
एयर कुल्ड, आयल कुल्ड र लिक्वीड कुल्ड गरि तिन प्रकारका कुलिङ सिस्टम मोटरसाइकलमा हुन्छ । पर्फमेन्स मोटरसाइलमा भने लिक्वीड कुल्ड सिस्टम हुने गरेको पाइन्छ । नेपाली बजारमा उपलब्ध कम मूल्यका लिक्वीड कुल्ड मोटरसाइकल यस प्रकार छन्
१. पल्सर एनएस २००
बजाजको लोकप्रिय मोटरसाइकल पल्सर एनएस २०० कम मूल्यमा फिचर लोडेड मोटरसाइकल रहेको छ । हालैमात्र एबीएस तथा एफआई भर्सनमा सार्वजनिक भएसँगै यो मोटरसाइकल झनै धेरै फिचर भएको मोटरसाइकल भएको छ । यो मोटरसाइकलमा लिक्वीड कुल्ड इन्जिन रहेको छ ।

पल्सर एनएस २०० मा उपलब्ध फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिनले ९ हजार ७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ ।
यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फर्क र रियरमा निट्रोक्स मनोशक याब्जर्वर लगाइएको छ । यसमा डिजिटल स्पिडोमिटर, एनालग टेकोमिटर, डिजिटल ट्रिपमिटर, ओडोमिटर, हेडलाइट, एलइडी टेललाइट, एक्जुलरी लाइट दिइएको छ ।
नेपाली बजारमा विभिन्न तिन भेरियन्टमा बिक्री भइरहेको एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ५६ हजार ९ सय रुपैयाँ रहेको छ ।
२. यामाहा आर १५ भी ३
यामाहा आर १५ भी ३ र एमटी १५ लिक्वीड कुल्ड इन्जिन रहेको मोटरसाइकल हुन्। यी दुबैमा उपलब्ध समान १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर इन्जिनले १०००० आरपीएममा १९.३ पीएस पावरकासाथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स–स्पीड ट्रान्समिसन लगाइएको छ ।

मोटरसाइकलमा आकर्षक विशेषतास्वरुप भेरिएवल भल्भ एक्ट्यूएसन (भीभीए) प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ ।
स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर रहेको आर १५ भी ३ मोटरसाइकलको मूल्य ४ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ ।
३. केटीएम ड्यूक १२५
केटीएम ड्यूक १२५ नेपाली बजारमा उपलब्ध लिक्वीड कुल्ड इन्जिन युक्त मोटरसाइकल हो । गत नाडा अटो शोमा नेपाली बजार भित्रिएको यो मोटरसाइकल ४ लाख ४९ हजार ९ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
यो मोटरसाइकलमा १२४.७ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड एफआइ इन्जिन रहेको छ । यो इन्जिनले १४.५ बीएच पावर तथा १२ एनएम टर्क जनेरेट गर्छ ।

यो मोटरसाइकलको फ्रन्टमा ३०० एमएमको र रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । फ्रन्टमा ४३ एमएमको यूएसडी फर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ ।
इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ ।
साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ भने एबीएस र ६ स्पीड गियर जस्ता फिचर रहेका छन् ।


